September 4, 2018

प्रमुख समाचार

Sad

asa

as

बाँकि समाचार
 

क्रान्तिको अर्थ जनतालाई सांस्कृतिक रुपले उत्थान गर्नु हो: रोहित

काभ्रे, ३१ जेठ। 'क्रान्तिको अर्थ दाल, भात, दुकुकोमात्र समस्या समाधान नभई सबै नागरिकहरूलाई सांस्कृतिकरूपले उत्थान गर्नु मुख्य हो।' 

उपर्युक्त विचार नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवं सभासद् नारायणमान बिजुक्छें (रोहित) ले काभ्रेको बनेपामा आयोजित एक कार्यक्रममा व्यक्त गर्नुभएको हो।  

क्युवा ऐक्यबद्धता समिति नेपालद्वारा अन्तर्राष्ट्रवादी क्रान्तिकारी नायक चे ग्वेभाराको ८७ औं जन्म दिवसका अवसरमा आयोजित चे ग्वेभारा र पाँच क्युवाली योद्धाहरूको रिहाइ' विषय विचार गोष्ठीलाई सम्बोधन गर्दै अध्यक्ष बिजुक्छेंले अन्याय–अत्याचारको विरूद्ध लड्न सच्चा कम्युनिष्टहरू कहिल्यै पछाडि पर्दैनन् भन्नुभयो।  

चे ग्वेभारा क्रान्तिप्रति अत्यन्त उत्साहित, भावुक र समर्पित व्यक्तित्व रहेको औंल्याउँदै उहाँले मृत्यु जहाँसुकै आओस् हामीलाई त्यसको चिन्ता छैन तर हाम्रो आवाज सुन्ने कान र हाम्रो बन्दूक उठाउने हातहरू होओस्।' भन्ने चेको भनाइले क्रान्तिकारीको निस्वार्थीपन र निडरतालाई स्पष्ट पार्छ भन्नुभयो।  

उहाँले नामले कम्युनिष्ट दावी गर्ने तर व्यवहारमा पूँजीवादी सरकार गएर आफ्ना छुद्र स्वार्थका निम्ति काम गर्नु कम्युनिष्ट चरित्र नभएको बरू दक्षिणपन्थी अवसरवाद भएको स्पष्ट पार्नुभयो।  

राजनीतिक चेतना नभएका जनताले क्रान्तिलाई साथ दिन नसक्ने चर्चा गर्दै अध्यक्ष बिजुक्छेंले जनतालाई राजनीतिक चेतना दिने कार्यमा थाक्न नहुने बताउनुभयो।  

'गोर्खाली सेनाले बेलायती साम्राज्यवाद जोगाउन विश्वका विभिन्न देशका स्वतन्त्रता सेनानीसित पनि लडे, राजनीतिक चेतना भएको भए गोर्खालीहरू क्रान्तिका पक्षमा लड्ने थिए।' उहाँले भन्नुभयो।  

देशका राजनीतिक पार्टीहरूले जनतामाझ प्रचार गर्ने शिक्षामा देशको भविष्य निर्भर हुने बताउँदै अध्यक्ष बिजुक्छेंले देशका युवाहरूलाई सैनिक तालिम आवश्यक छैन भने आत्मसमर्पणवादी सोचले दशेको हित नहुने र त्यस्तो सोचविरूद्ध सङ्घर्ष गर्नु जरूरी छ भन्नुभयो।  

नेमकिपा वैकल्पिक केन्द्रीय सदस्य एवं सभासद् अनुराधा थापामगरले सानो देश भएर पनि समाजवादी देशहरु क्युवा र प्रजग कोरिया स्वाभिमान र सार्वभौमिकता रक्षा गर्न रहेको बताउँदै नेपालीले देश जोगाउन नसक्ने, आक्रमणकारीहरूको प्रतिरोध नगर्ने विचार नेपालका शासक दलहरूमा रहेको प्रस्ट पार्नुभयो।  

पूँजीवादी व्यवस्थामा महिलाहरूलाई नाफा कमाउने कार्यमा प्रयोगको वस्तुमात्र बनाउने तर समाजवादी व्यवस्थामा सबै कामदार वर्गीय महिलाहरूको सशक्तीकरण गरिने क्युवाको उदाहरणबाट स्पष्ट हुन्छ भन्नुभयो।  

नेमकिपा काभ्रे जिल्ला समितिका अध्यक्ष कृष्णकुमार वैद्यले चे ग्वेभारा सर्वहारा अन्तर्राष्ट्रवादका जाजल्यमान उदाहरण भएको चर्चा गर्दै नेपाली युवाहरूले चेबाट सिकेर नेपाल र विश्वका जनताको सेवा गर्नुपर्छ भन्नुभयो।  

सभापतिको आसनबाट क्युवा ऐक्यबद्धता समिति नेपालका अध्यक्ष सुरेन्द्रराज गोसाईले क्युवाका हरेक नागरिक 'समाजवाद वा मृत्यु' को भावना बोकी अमेरिकी साम्राज्यवादको नाकैमुनि समाजवादको झण्डा उँचो पारिरहेको चर्चा गर्दै क्युवाप्रति ऐक्यबद्धता जनाउनु र पाँच क्युवालीको रिहाइ माग गर्नु विश्वका न्यायप्रेमीहरूको दायित्व हो भन्नुभयो।  

समितिका सचिव नीरज लवजूले 'पाँच क्युवाली' सम्बन्धी र सदस्य रवीन्द्र फोंजूले 'चे ग्वेभारा'को जीवनीसम्बन्धी पावरप्वाइन्ट प्रस्तुतीकरण गर्नुभयो।  

कार्यक्रममा समितिका सदस्य एवं नेक्रायुसङ्घका केन्द्रीय सचिव प्रकाश र नेमकिपा काभ्रे जिल्ला समितिका कोषाध्यक्ष पुण्यशोभा श्रेष्ठले पनि बोल्नुभएको थियो।