September 4, 2018

प्रमुख समाचार

Sad

asa

as

बाँकि समाचार
 

पश्चिम नेपालमै पहिलोपटक शरीर दान

सुर्खेत, ३१ जेठ। पश्चिम नेपालमै पहिलो पटक मृत्युपश्चात् शरीर दान गर्ने प्रक्रिया थालेका यहाँका दुई व्यक्ति सफल हुनुभएको छ। अवलचिङ गाविसका जनकप्रसाद उपाध्याय र वीरेन्द्रनगर–७ सुर्खेतकी जानकी थापा लामो समयपश्चात् शरीर दानको परिचयपत्र हात पार्न सफल हुनुभएको हो। 

अवलचिङको भैरव उच्च माध्यमिक विद्यालमा अध्यापन गर्ने उपाध्यायले आफ्नी छोरी यामाको जन्मदिनको अवसर पारेर शरीर दानको औपचारिक घोषणा गर्नुभएको हो। 

त्यस्तै जिल्ला विकास समितिअन्तर्गत स्थानीय सुशासन तथा सामुदायिक विकास कार्यक्रम (एलजिसिडिपी) मा काम गर्ने थापाले पनि त्यसै अवसरमा घोषणा गर्नुभएको हो। 

मानिसको मृत्युपछि पनि सामाजिक सेवालाई निरन्तरता दिने हेतुले  शरीर दान गर्न कानुनी प्रक्रिया पुर्‍याएका उहाँहरूले बताउनुभयो। 

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट थापाले नेपालभरकै ७१ औं र उपाध्यायले ७२ औं स्थानमा प्रमाणपत्र प्राप्त गर्नुभएको हो। 

नेपालमा स्वास्थ्य तथा विज्ञानसम्बन्धी प्रयोगशाला प्रभावकारी बन्न नसकेका तथा विद्यार्थीहरूको चाहनाअनुसार पठनपाठन हुन नसकेकाले यस्तो गरिएको उपाध्यायले बताउनुभयो। 

सदरमुकाम वीरेन्द्रनगरमा शुक्रबार गरिएको पत्रकार सम्मेलनमा शिक्षक उपाध्यायकी छोरी यामाले आफ्नो जन्म दिनको दिन सामाजिक, धार्मिक र शैक्षिक विकासका लागि गर्न लागेको यस्तो कार्यले आफूलाई गौरव महसुस भएको प्रतिक्रिया दिनुभयो। रासस