September 4, 2018

प्रमुख समाचार

Sad

asa

as

बाँकि समाचार
 

विद्यार्थीको सक्रियतामा विज्ञान प्रदर्शनी

काठमाडौं, ३१ जेठ। फेन्ड्स क्लव अफ चम्पादेवीमा आबद्ध चम्पादेवी माध्यमिक विद्यालयमा कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीहरूको सक्रियतामा शुक्रबार आयोजित एकदिने विज्ञान प्रदर्शनी सम्पन्न भयो। 

सैद्धान्तिक ज्ञानमा आधारित विषयवस्तुलाई व्यावहारिक प्रयोगमा उतार्ने लक्ष्यका साथ आयोजित प्रदर्शनीमा  भोगटेबाट बत्ती बाल्ने, सावुन बनाउने, पानीबाट रकेट उडाउने, केवुलकार सञ्चालन गर्नेलगायतमा सहभागीको ध्यान केन्द्रित भएको थियो। 

प्रदर्शनीमा भौतिकशास्त्र, जीवशास्त्र, रसायन शास्त्रका विभिन्न विषयमा आधारित प्रविधिबारे जानकारी गराएको थियो। 

विद्यालयकी शिक्षिका शारदा भट्टराईका अनुसार सैद्धान्तिक ज्ञानलाई व्यावहारिक प्रयोगमा ल्याउने लक्ष्यका साथ आयोजित प्रदर्शनी निकै उपयोगी भएको विश्वास गरिएको छ। 

काठमाडौं दक्षिणभेगस्थित शुभकामना मावि, टौदह राष्ट्रिय उच्च मावि, एसियन स्टार, जनखोकना मावि, सेतीदेवी मावि, चाल्नाखेल निमाविलगायतका विद्यालयका विद्यार्थी एवम् स्थानीय अभिभावकले प्रदर्शनीको अवलोकन गरेका थिए। 

सोही अवसरमा विज्ञान विषयमा आधारित एक वृत्तचित्र पनि प्रदर्शन गरिएको थियो।