लोकसेवा आयोगमा थप यन्त्र ल्याउने तयारी
काठमाडौं, ३१ जेठ। लोकसेवा आयोगले वस्तुगत उत्तरपुस्तिकाको नतिजा छिटोछरितो बनाउन अप्टिकल मार्क रिडर यन्त्र ल्याउने तयारी गरेको छ।
आयोगबाट लिइने परीक्षाको नतिजा ढिला भइरहेको गुनासो बढेपछि नतिजा प्रकाशनलाई तीव्रता दिन थप यन्त्र ल्याउने भएकोे आयोगका कानुन शाखाका उपसचिव प्रकाश पण्डितले जानकारी दिनुभयो। उहाँले आयोगमा अहिले दुईवटा यन्त्रबाट उत्तरपुस्तिका परीक्षण गर्ने कार्य भइरहेको बताउनुभयो।
उहाँका अनुसार आयोगले उत्तरपुस्तिका परीक्षण गर्न कार्यालयमा अप्टिकल मार्क रिडर युनिट स्थापना गरेको छ। ती यन्त्रको प्रयोग गरी उत्तरपुस्तिका स्क्यान गरिन्छ। स्क्यान गरेपछि मेसिनमा रेखाङ्कित चिह्न मिलेनमिलेको देखाउने गर्दछ। त्यसैका आधारमा प्राप्ताङ्क गणना गरेर नतिजा प्रकाशन गरिन्छ। यन्त्र प्रयोग गर्न कर्मचारीलाई दक्ष बनाउन तालिमको तयारीसमेत गरिसकिएको बताउँदै उहाँले भन्नुभयो, “मेसिन ल्याउन सबै तयारी पूरा गरेका छौं।
रासस |