September 4, 2018

प्रमुख समाचार

Sad

asa

as

बाँकि समाचार
 

मुनिविहारको टोली भ्रमण तथा भिक्षाटनमा

भक्तपुर, १ असार। मुनिविहारका भिक्षु, श्रामणेर, अनागरिका र उपासक–उपासिकाको एक टोलीले जेठ २६ गतेदेखि ३० गतेसम्म लुम्बिनी, तौलिहवा, निग्लिहवा, गोटीहवा, निग्रोधग्रामको दर्शन तथा अवलोकन भ्रमण र लमजुड जिल्लाको भोटेओडार र बेसीसहरमा भिक्षाटनका साथै धार्मिक प्रवचन कार्यक्रम सम्पन्न गरियो। 
    भ्रमणको क्रममा मुनिविहारबाट सहभागी भिक्षु, श्रामणेर तथा अनागरिकाहरूले भोटेओडार र बेसीसहरमा गरिएको भिक्षाटन कार्यक्रममा सङ्कलित दान रकममध्येबाट लमजुडको भोटेओडारस्थित स.मु.ता.गुम्बाको लागि संरक्षण एवं विकासका लागि रू. ९००५।–, बन्दीपुर गुम्बाको लागि रू. ५०००।– र लमजुड बेसीसहरको बौद्ध जागरण प्रशिक्षण कार्यक्रमको लागि रू. ३००१।– पनि सहयोग हस्तान्तरण गरियो।
    मुनिविहारका प्रमुख भन्ते विपस्सी सम्मिलित टोलीमा आनन्दभन्तेबाट भोटेओडारमा बुद्धधर्मको विविध पक्षका सम्बन्धमा धर्मदेशना गर्नुभएको थियो। मुनिविहारमा प्रवजित हुनुभएका श्रामणेरहरूलाई बुद्ध धर्म दर्शनको अध्ययन भ्रमण गर्न मित्रराष्ट्र थाइलैण्डमा थप अध्ययनको लागि प्रस्थान गर्नुभन्दा अगाडि नेपालको विभिन्न पवित्र बौद्ध तीर्थस्थलको अवलोकन भ्रमण गर्ने क्रममा यसप्रकार विभिन्न स्थलहरूको दर्शन एवं अवलोकन गराउने निरन्तर कार्यक्रमको आयोजना गर्दै आएको छ। उक्त भ्रमणको संयोजन धर्माेदय सभा, भक्तपुर शाखाका अध्यक्ष एवं मुनिविहार दायक सभाका सदस्य पद्मसुन्दर शाक्यले गर्नुभएको थियो।