September 4, 2018

प्रमुख समाचार

Sad

asa

as

बाँकि समाचार
 

उपप्रमद्वयबाट आचारसंहिता उल्लङ्घन भएको ठहर

काठमाडौं, २ असार। निर्वाचन आयोगले संविधानसभा उपनिर्वाचनका क्रममा विभिन्न स्थानमा आचारसंहिता उल्लङ्घन भएको भन्दै आगामी दिनमा त्यस्तो कुनै पनि गतिविधि नगर्न सम्बद्ध पक्षलाई सचेत गराएको छ।  

आयोगको सोमबार बसेको बैठकले उपप्रधानमन्त्री वामदेव गौतमले बर्दिया–१ का उम्मेदवार श्याम ढकाललाई विजयी गराउन अनुरोध गरेको पोस्टर टाँस भएको र गत मंसिर ४ गते भएको निर्वाचनको क्रममा आफूले गरेको प्रतिबद्धता पूरा गर्न मतदातालाई आग्रह गरेको कुरा निर्वाचन आचारसंहिताविपरीत रहेको ठहर गरेको छ।  

आयोगका प्रवक्ता महेश्वर न्यौपानेले बर्दिया–१ का व्यक्तिगत घर तथा सार्वजनिक स्थानमा टाँस गरिएका पोस्टर तत्काल हटाउन र आचारसंहिता विपरीत हुने कुनै पनि कामकारबाही नगर्न नगराउन सचेत गराइएको जानकारी दिनुभयो। उपप्रधानमन्त्री गौतमले उपप्रधानमन्त्री पदमा रहेर त्यस खालको गतिविधि गर्न नमिल्ने ठहर आयोगले गरेको छ।  

यस्तै अर्का उपप्रधानमन्त्री प्रकाशमान सिंहले गत जेठ ३१ गते काठमाडौंको पेप्सीकोला नजिकको फूटबल मैदानमा आयोजित चुनावीसभामा उपप्रधानमन्त्रीकै हैसियतमा सरीक भई मत माग्नु आचारसंहिताविपरीत भएको आयोगले जनाएको छ। काठमाडौं – २ मा काङ्ग्रेसका उम्मेदवारका पक्षमा मत माग्नु निर्वाचन आचारसंहिता २०७० को दफा ५९ मा उल्लिखित व्यवस्थाको प्रतिकूल भएको ठहर गर्दै उपप्रधानमन्त्री सिंहलाई २४ घण्टाको म्याद दिई स्पष्टीकरण सोध्ने निर्णय गरिएको प्रवक्ता न्यौपानेले जानकारी दिनुभयो। निर्वाचन आयुक्तसहितको अनुगमनका क्रममा बर्दिया जिल्लाको सोरहवामा राप्रपा नेपाल र एमालेका उम्मेदवारको प्रचारप्रसारमा प्रयोग भएको सवारी साधन अनुमतिबेगर प्रयोग गरिएको भन्दै नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय मैनापोखरीमा बुझाइएको छ।  

सोही जिल्लाको डेउडाकला गाविसमा मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक)का उम्मेदवारको प्रचारका क्रममा आचारसंहिताविपरीत फ्लेक्स बोर्ड पनि आयोगको अनुगमन टोलीले हटाएको छ।