September 4, 2018

प्रमुख समाचार

Sad

asa

as

बाँकि समाचार
 

के पढ्नेबारे विद्यार्थी अन्योलमा

देविका खुलिमुली 

भक्तपुर, ३ असार। एस.एल.सी.को नतिजा प्रकाशित भएलगत्तै पास भएका विद्यार्थीहरू विभिन्न कलेज र ती कलेजमा भएका सुविधाहरू खोज्ने काममा लागेका छन्। तर कतिपय एस.एल.सी. दिएर बसेका विद्यार्थीहरू नतिजा प्रकाशित भइसकेपछि पनि कुन सङ्कायमा, कुन विषय लिई अध्ययन गर्ने भन्ने विषयमा अन्योलमा नै रहेका छन्। त्यसको एउटा उदाहरण हो जुना प्रजापति। 

जेलाँको समाज सुधार माविबाट एस.एल.सी. दिएर परीक्षाफल प्रकाशित भइसकेपछि पनि जुना आफू कुन क्षेत्रमा र कुन विद्यालयबाट उच्च शिक्षा हासिल गर्ने भन्ने कुरामा स्पष्ट हुन सकेका छैनन्। जेलाँमा बसोबास गर्ने उनी भन्छिन् खै कुन सङ्कायमा उच्च शिक्षाको लागि भर्ना हुने टंुगो लागेको छैन। सानैबेलादेखि मलाई त इञ्जिनियरिङ क्षेत्रतिर लागौा कि जस्तो लागेको थियो तर मेरो एकजना आफन्त पर्ने दिदी र एक दाइ इञ्जिनियरिङ पढाइ सकाएर पनि काम नभएर अर्काे क्षेत्रतिर काम गर्दै हुनुहुन्छ र उनीहरूको ध्यान पनि अन्य सङ्कायतिर जान थालेको छ। त्यसैले मलाई पनि घरबाट इञ्जिनियरिङतिर भन्दा व्यवस्थापन सङ्कायमा नै पढ भन्दै हुनुुहुन्छ। तर मैले कुन क्षेत्रतिर अघि बढ्ने भनी निर्णय नै लिन सकेकी छैन। यसरी शिक्षा क्षेत्र अव्यवहारिक र सैद्धान्तिकमात्र भएकोले र व्यवहारिक रुपमा प्रयोगमा ल्याउन नसक्ने भएकाले उनीजस्ता कयौं विद्यार्थीहरू अझ पनि दोधारमै रहेका छन्।   

उनी जस्तै पञ्चकन्या मावि सुडालका श्याम दुलाल पनि दुविधामा रहेका छन्। उनी भन्छन्, आफ्नो त इञ्जिनियर बन्ने लक्ष्य छ तर घरको आर्थिक अवस्था कमजोर भएकोले आमाबुबाले विज्ञान सङ्कायमा पढाउन सक्दैनौं भनेका छन्। परिवारको आयश्रोत पनि केही छैन। किसान परिवारमा जन्मिएकोले बुबा पनि खेती गर्नुहुन्छ। त्यसैले छात्रवृत्ति पाइयो भने विज्ञान सङ्कायमा उच्च शिक्षा हासिल गर्ने नत्र खै के पढ्ने हो? सोचेकै छैन। यसरी उनी पनि उच्च शिक्षा कुन सङ्कायमा र कुन कलेजमा पढ्ने भन्ने कुरामा निश्चित भइसकेका छैनन्। तर एस.एल.सी.को परीक्षामा उनी ८३.७५ प्रतिशत हासिल गरी विशिष्ट श्रेणीमा उत्तीर्ण भएका छन्।  

वागीश्वरी उमावि च्यामासिंहका रजिल कोजूले एस.एल.सी. परीक्षामा ८८ प्रतिशत प्राप्त गरी विद्यालयबाट सर्वाेत्कृष्ट अङ्क हासिल गरेका छन्। सानैदेखि डाक्टर बन्ने लक्ष्य लिई अघि बढेका उनी भने विज्ञान सङ्काय पढ्ने निश्चयमा पुगेका छन्। तौलाछेामा बसोबास गर्ने उनी फुर्सदमा विज्ञानसम्बन्धी पुस्तकहरू पढ्न रुचाउँछन्। किसान परिवारमा जन्मिएका उनी पनि छात्रवृत्तिकै आधारमा आफ्नो पढाइ अगाडि बढाउने सोचमा छन्। उनीजस्तै डाक्टर बन्ने र समाजसेवामा लाग्ने लक्ष्य बोकेका धनबहादुर तामाङले बासु उमाविबाट एस.एल.सी.मा ८७.१३ प्रतिशत अङ्क हासिल गर्न सफल भएका छन्। विभिन्न वैज्ञानिकहरूको जीवनी तथा विज्ञानसम्बन्धी पुस्तक पढ्नमा रुचि राख्ने यी देशका कर्णधारहरूलाई घर परिवारले आवश्यक सहयोग नगरेको भए उनी आजको अवस्थामा आउन नसी.कने बताउाछन्।  

त्यस्तै जोरपाटी माविका विवस महत भविष्यमा इञ्जिनियर बन्ने सपना बोकेर अगाडि बढेका छन्। उनका बुबा पनि शिक्षण पेसामै रहेकाले पढाइमा अत्यन्तै सहयोग मिल्ने गरेको उनको भनाइ छ। घरपरिवारबाट र आफ्नो पनि सानै बेलादेखि इञ्जिनियर बन्ने लक्ष्य रहेको उनी बताउँछन्। तर उनले पनि कुन कलेजमा पढ्ने भन्ने निधो गरेका छैनन्। उनले एस.एल.सी.मा ८२.२५ प्रतिशत हासिल गरेका छन्।  

ज्योति माविका सोनी न्हेमाफुकीले पनि उच्च शिक्षाको लागि कलेजको छनोट गरेका छैनन्।  उनी भन्छन्, म त मानविकी सङ्कायमा ऐच्छिक अङ्ग्रेजी लिएर पढ्छु। तर उनलाई आफ्नो लक्ष्य यो नै हो भन्ने कुरामा निश्चय छैन।