September 4, 2018

प्रमुख समाचार

Sad

asa

as

बाँकि समाचार
 

काठमाडौं उपत्यकाको उपभोग खर्च साढे चार खर्ब

काठमाडौं, ३ असार। कूल जनसङ्ख्याको करिब १५ प्रतिशत बसोबास गर्ने काठमाडौं उपत्यका (काठमाडौं, ललितपुर र भक्तपुर) ले देशको कूल उपभोगको ३४ प्रतिशत उपभोग गर्ने गरेको एक सर्वेक्षणले देखाएको छ। नेपाल राष्ट्र बैङ्कले केही समयअघि सार्वजनिक गरेको सर्वेक्षणमा यस्तो देखिएको हो। 

केन्द्रीय बैङ्कले सन् २०११ र २०११ लाई आधार मानेर गरेको सर्वेक्षणअनुसार काठमाडौं उपत्यकाको अन्तिम उपभोग खर्च ४ खर्ब २९ अर्ब २१ करोड रूपैयाँ रहेको छ। यो कूल राष्ट्रिय खर्चको ३४ प्रतिशत हो। 

पूँजी निर्माणमा भने उपत्यकाको योगदान १५ प्रतिशत रहेको र देशको कूल आर्थिक गतिविधिको २३ प्रतिशत हिस्सा उपत्यकामा हुने गरेको सर्वेक्षणले देखाएको छ। अध्ययन वर्षमा उपत्यकामा ३ खर्ब १५ अर्ब ५८ करोड रूपैयाँ बराबरको आर्थिक क्रियाकलाप भएको छ। 

सर्वेक्षण प्रतिवेदनअनुसार अध्ययन वर्षमा ५ खर्ब २६ करोड लाख रूपैयाँ बराबरको विद्युत् काठमाडौं उपत्यकामा मात्रै उपभोग गरिएको छ। यो कूल राष्ट्रिय विद्युत् उपभोगको २९ प्रतिशत हो। 

अध्ययन वर्षमा २४ अर्ब ७ करोड रूपैयाँ बराबरको पेट्रोलियम पदार्थको उपभोग काठमाडौं उपत्यकाले गरेको छ। सोमध्ये पेट्रोल ४५ प्रतिशत, डिजेल १५ प्रतिशत, मट्टीतेल ३७ प्रतिशत र एलपीजी ग्यास ६१ प्रतिशत खपत उपत्यकाले गरेको छ। यो कूल पेट्रोलियम उपभोगको ३१ प्रतिशत हो। सो वर्ष देशभर ७८ अर्ब ४४ करोड रूपैयाँको पेट्रोलियम पदार्थको उपभोग भएको थियो। 

त्यसैगरी बैङ्क तथा वित्तीय संस्थामा कूल निक्षेपको ६१ प्रतिशत र कूल कर्जाको ४४ प्रतिशत हिस्सा काठमाडौं उपत्यकाको छ। अध्ययनमा एक महानगरपालिका, एक उपमहानगरपालिका, तीन नगरपालिका र एक सय १४ गाउँ विकास समितिका ६ लाख ५६ हजार घरपरिवारमा सर्वेक्षण गरिएको  

थियो।