बिहान–बेलुका घाँसको भारी बोक्दै स्कूल पढ्न जाने बालिका
जाजरकोट, ३ असार। जिल्लाको एक गाउँमा ११ वर्षीया बालिकाले बिहान–बेलुका घाँसको भारी बोकेर स्कूल पढ्न भ्याइरहेकी छिन्। बालिका अविभावकविहीन भएपछि घाँसको भारी बोक्नु रहर नभएर बाध्यता भएको हो।
खलङ्गा–९ डुरीकाँडाकी ११ वर्षीया निशा रानालाई स्कूल समयभन्दा बिहान–बेलुकाको समयमा घाँस तथा दाउराको भारी नबोकी नहुने बाध्यता नै छ। हरि प्राथमिक विद्यालय डुरीकाँडामा क212ा ५ मा अध्ययनरत निशा रानाका बुबा दते राना कमाउनलाई कालापहाड जाँदा तीन वर्ष पहिले नै बितिसकेका छन्।
आमा पवित्राले दोस्रो विवाह गरिसकेकी छन्। बालिका रानाकी एक दिदी र दुई बहिनी गरेर जम्मा चार बहिनी छन्। आफू र आफ्नो दिदीले घाँस दाउरादेखि घरको सबै काम नगरे खाना नै नपाइले बालिका निशा रानाले गुनासो गरिन्।
आफ्नो घरमा कोही पनि अभिभावक नभएपछि हाल आफूहरू अङ्कलको छोरा दाइभाउजूसँग आश्रित भएको निशाले बताइन्। स्वतन्त्रतापूर्वक पढ्न, लेख्न पाउने बाल अधिकारबाट वञ्चित बालिकाको प212मा बोल्ने कोही नभएको स्थानीय मिलन परियार बताउनुहुन्छ।
सदरमुकामकै गाविस भए तापनि बालिका बसोबास गर्ने गाउँ अत्यन्तै दुरदराजकै बस्ती भएर पनि सोबारे सरोकारवाला निकायसम्म पुर्याउन सकिरहेको छैन। रासस
|