September 4, 2018

प्रमुख समाचार

Sad

asa

as

बाँकि समाचार
 

रात्रि बसमा चोरीका घटना बढ्यो

गोलबजार (सिरहा), ३ असार। लामो दूरीका रात्रि बसमा चोरीका घटना बढ्न थालेपछि यात्रुहरू हैरान हुन थालेका छन्।  

चोरी भएको सामान खोजीका लागि यातायात सञ्चालक र प्रहरीलाई जानकारी गराउँदा आफ्नो सामान आफैले सुरक्षित गर्नु पर्दैन भन्दै उल्टै धम्काउने गरेको यात्रुहरू बताउँछन्। लहान नगरपालिका– ६ का निर्मल राउतका अनुसार काठमाडौंबाट गाईघाट चल्ने ना ४ ख ९०४३ नम्बरको एस एन्ड एस रात्रि बसबाट लहानसम्म आउँदा बाटोमै झोलाबाट रु. ७० हजार मूल्य बराबरको 'ल्यापटप' चोरी भएको बताउनुभयो। बाटोमा खाजा र खानाका लागि बस रोकिएको दुई ठाउँमा आफू ओर्लेको र त्यसबीचमा ब्याग खोलेर सामान चोरी भएकाले गाडीकै स्टाफले चोरी गरेको यात्रु राउतको भनाइ छ।  

लहान आइपुगेका यात्रुले आफ्नो सामान चोरी भएको बारे बसका सञ्चालक र प्रहरीमा समेत जानकारी गराएको तर सामान भने अझै नभेटिएको पीडित राउतले गुनासो गर्नुभयो।  

यसै सम्बन्धमा एस एन्ड एस बसका सञ्चालक सनद बस्नेतले आफूकहाँ सो घटनाको बारेमा जानकारी आएकाले सोधपुछ गरिने बताउनुभयो। 

उता घटनाको जानकारी प्रहरीमा आएलगत्तै प्रहरीले सामान खोजबिन गरिरहेको तर फेला पर्न नसकेको वडा प्रहरी कार्यालय लहानका प्रहरी निरीक्षक सन्तोष निरौलाको भनाइ छ। उहाँका अनुसार रात्रि बसमा चोरी भएको भन्दै पीडितले उजुरीसमेत हालेका छन्।                     रासस