September 4, 2018

प्रमुख समाचार

Sad

asa

as

बाँकि समाचार
 

भक्तपुरमा सामुदायिकबाट ६५ र संस्थागतबाट ९४ प्रतिशत उत्तीर्ण

– हरिसुन्दर छुकां 

भक्तपुर, ३ असार। यस वर्षको एसएलसी परीक्षामा सामुदायिक विद्यालयबाट ६५ दशमलव १७ प्रतिशत  र संस्थागतबाट ९३ दशमलव ८४ प्रतिशत विद्यार्थीले सफलता पाएका छन्। 

परीक्षा नियन्त्रण कार्यालय र जिल्ला शिक्षा कार्यालयका अनुसार यो वर्ष ३८ वटा विद्यालयका १ हजार ४ सय ६७ विद्यार्थी परीक्षामा सहभागी भएकोमा ९ सय ५६ जनाले सफलता हासिल गरे। तिनीहरूमध्ये ४ सय ३६ छात्र र ५ सय २० छात्रा रहेका छन्। 

शिक्षा कार्यालयका मोतीराम भट्टराईका अनुसार सामुदायिक विद्यालयबाट ५२ जना विशिष्ट, ५ सय ११ जना प्रथम, ३८९ जना द्वितीय र ४ जना तृतीय श्रेणीमा उत्तीर्ण भएका छन्।  

त्यस्तै उहाँले संस्थागततर्फबाट १ सय ४३ विद्यालयका ३ हजार ८ सय ४८ विद्यार्थी सहभागी भएकोमा ३ हजार ६ सय ११ जना उत्तीर्ण भएको जानकारी दिए।  

तिनीहमध्ये १ हजार ९ सय ९६ जना छात्र र १ हजार ६ सय १५ छात्रा रहेका छन्। उत्तीर्णमध्येमा १ हजार १ सय ९१ जनाले विशिष्ट, २ हजार २ सय २८ जनाले प्रथम, १ सय ९० जनाले द्वितीय र २ जनाले तृतीय श्रेणीमा परीक्षा उत्तीर्ण गरेका छन्। 

खुला विद्यालयतर्फ भने कूल ९६ जनाले परीक्षा दिएकोमा २४ जनाले उत्तीर्ण गरेका छन्। तिनीहरूमध्ये ६ जना प्रथम श्रेणी, १ जना द्वितीय र २ जना तृतीय श्रेणीमा उत्तीर्ण भएका छन्। कार्यालयका अनुसार खुला विद्यालयको उत्तीर्ण प्रतिशत २५ रहेको छ। 

कार्यालयका अनुसार गएको वर्षजस्तै यो वर्ष पनि दुई सामुदायिक विद्यालयले सत्प्रतिशत विद्यार्थी उत्तीर्ण गराएको छ भने संस्थागतमा ८३ वटा विद्यालयको नतिजा सत्प्रतिशत रहेको छ। 

जुन गएको वर्षको तुलनामा ९ ले बढी हो। गएको वर्ष ७४ वटा संस्थागत विद्यालयले मात्र सत्प्रतिशत नतिजा ल्याएको थियो।  

यो वर्ष संस्थागततर्फ ४ वटा स्कूलले शून्य नतिजा ल्याएको कार्यालयले जनाएको छ। कार्यालयका अनुसार शिक्षा निकेतन मावि, यालाछें, प्रभात मावि व्यासी , प्रगति मावि बोडे र सिद्धिकाली मावि थिमी रहेका छन्।