September 4, 2018

प्रमुख समाचार

Sad

asa

as

बाँकि समाचार
 

लुम्बिनीमा पाँच क्युवालीको रिहाइ माग

लुम्बिनी, ३असार। बुद्धको जन्मभूमि लुम्बिनीमा अमेरिकामा बन्दी बनाइएका पाँच क्युवालीको रिहाइको माग गरिएको छ। मङ्गलबार क्युवा ऐक्यबद्धता समिति नेपालको आयोजनामा बुद्ध जन्मभूमि लुम्बिनीमा मौन र्‍यालीसहित सभाको आयोजना गर्दै सो माग गरिएको हो। मायादेवी मन्दिर परिसरबाट सुरू भएको र्‍याली शान्ति दीपको परिक्रमा गर्दै लुम्बिनी मूल गेटमा पुगी सभामा परिणत भएको थियो। सभामा बोल्ने वक्ताहरूले संयुक्त राज्य अमेरिकाले अनाहकमा बन्दी बनाइएका पाँच क्युवाली युवालाई तुरून्त रिहा गर्न माग गरे।  

सभामा क्युवा ऐक्यबद्धता समिति नेपालका उपाध्यक्ष एवं नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घका केन्द्रीय अध्यक्ष रवीन्द्र ज्याख्वले संसारको सबैभन्दा ठूलो आतङ्ककारी देश संयुक्त राज्य अमेरिका भएको चर्चा गर्दै आफ्नो देशमा भइरहेको आतङ्कवादी गतिविधिविरूद्ध सूचना प्रवाह गरिरहेका पाँच क्युवाली युवाहरूलाई सोर्‍ह वर्षदेखि बन्दी बनाएर अमेरिकाले मानव अधिकारकै खिल्ली उडाइरहेको उल्लेख गर्नुभयो।  

विश्वभर नै पाँच क्युवाली युवाहरूलाई रिहा गर्न माग गर्दै अनेक गतिविधि भएको ज्याख्वले बताउनुभयो।  

पाँच क्युवालीको पक्षमा बोल्नु साम्राज्यवादको विरूद्धमा सङ्घर्ष गर्नु भएको स्पष्ट पार्दै उहाँले भन्नुभयो, 'उनीहरूको निम्ति बोलेनौं भने भोलि हामीमाथि साम्राज्यवादी आक्रमण हुँदा बोल्ने कोही हुनेछैन, संरा अमेरिकाले कुनै पनि देशलाई इराक, अफगानिस्तान, लिविया, सिरिया नबनाओस् भनेर विश्वभरकै जनता सचेत हुनुपर्छ।' अध्यक्ष ज्याख्वले संयुक्त राज्य अमेरिकाले पचासौं वर्षदेखि क्युवा, प्रजग कोरियामाथि थोपरिरहेको नाकाबन्दी तत्काल हटाउन माग गर्नुभयो।  

नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं रूपन्देही अध्यक्ष हरिसुन्दर वासीले विश्वमा अशान्ति र युद्धको कारक संरा अमेरिकी साम्राज्यवाद र पूँजीवाद भएको उल्लेख गर्नुभयो। अमेरिकाले कथित लोकतन्त्र र मानव अधिकारको नाममा विश्वभर हस्तक्षेप गर्ने गरेको बताउँदै उहाँले मानव अधिकार र लोकतन्त्रको अमेरिकी नारा खोक्रो भएको पाँच क्युवाली युवाको अनाहक बन्दीले पुष्टि गरेको स्पष्ट पार्नुभयो।  

नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घका केन्द्रीय सदस्य एवं रूपन्देही अध्यक्ष रामचन्द्र श्रेष्ठ बुद्धभूमि लुम्बिनीबाट संरा अमेरिकी साम्राज्यवादको विरोध गरेर शान्तिको पक्षमा उभिएको जिकिर गर्नुभयो। 

कार्यक्रममा नेक्राविसङ्घ रूपन्देहीका सुरेश परियारले अनाहकमा बन्दी बनाइएका क्युवाली युवाहरूलाई मुक्त गर्न विश्वभरबाट संरा अमेरिकालाई दबाब परिरहेको उल्लेख गर्नुभयो।