म्ााछा मार्ने विषयमा सेना र स्थानीयबीच झडप, ६ घाइते
रत्ननगर (चितवन), ४ असार। पश्चिम चितवनको मेघौलीस्थित गोलाघाटमा माछा मानर््ाे विषयलाई लिएर नेपाली सेना र स्थानीयबीच झडप भएको छ।
गएराति भएको झडपमा तीन सैनिक र दुई जना स्थानीय घाइते भएका छन्।
घटनाबारे थाहा पाएपछि नियन्त्रणका लागि गएको प्रहरी टोलीमाथि आक्रमण हुँदा एक जना प्रहरी घाइते भएको चितवनका प्रहरी नायब उपरीक्षक शान्तिराज कोइरालाले जानकारी दिनुभयो।
उहाँका अनुसार घाइतेको अहिले भरतपुर मेडिकल कलेजमा उपचार भइरहेको छ। घटनाको अनुसन्धान थालिएको उहाँले बताउनुभयो। घाइतेको भने नाम खुलाइएको छैन।
चितवन निकुञ्जको आसपासमा मध्यवर्ती क्षेत्रका मानिसहरूले नदीमा माछा मार्ने गर्दछन्।
सो क्षेत्रमा बिनाअनुमति माछा मार्न पाइँदैन। माछा मार्ने विषयमा विवाद भएको भनिए पनि यकिन कारणबारे भने जानकारी आइनसकेको प्रहरीले जनाएको छ।
सो झडपपछि स्थानीयले नेपाली सेनाको गाडी नियन्त्रणमा लिएको स्थानीयले बताएका छन्। |