September 4, 2018

प्रमुख समाचार

Sad

asa

as

बाँकि समाचार
 

श्रमिक साप्ताहिक राष्ट्रिय 'क' र मजदुर दैनिक क्षेत्रीय 'क' मा

काठमाडौं, ४ असार। प्रेस काउन्सिल नेपालले आर्थिक वर्ष ०६८/०६९ सालमा प्रकाशित पत्रपत्रिकाको वर्गीकरणको नतिजा बुधबार सार्वजनिक गरेको छ। वर्गीकरणअनुसार श्रमिक साप्ताहिक राष्ट्रिय 'क' र मजदुर दैनिक क्षेत्रीय 'क' मा राखिएका छन्।  

नतिजाअनुसार ६३ वटा पत्रपत्रिकाले अरूको सामग्री हुबहु सारेको देखिएको छ। १ सय ७ वटा पत्रपत्रिका वर्गीकरणमा समावेश हुनबाट अयोग्य ठहरिएका छन्। 

काउन्सिलका अनुसार ८८५ वटा पत्रपत्रिकाले वर्गीकरणका लागि काउन्सिलमा आवेदन दिएका थिए। तीमध्ये ७७८ पत्रपत्रिकाको वर्गीकरण गरिएको छ। यसरी गरिएको वर्गीकरणमा हुबहु समाचार छापेर नसुधि्रएको सूचीमा २० वटा पत्रपत्रिका परेका छन्। त्यस्तै हुबहुको सूचीमा ४३ पत्रिका परेका छन्। 

वर्गीकरण अनुसार 'क' वर्गमा १३९, 'ख' वर्गमा २४६, 'ग' वर्गमा २५८ र 'घ' वर्गमा १३५ पत्रपत्रिकालाई पारिएको छ। काउन्सिलको वर्गीकरणमा परेका पत्रपत्रिकाले राज्यबाट आर्थिक अनुदान पाउने गरेका छन् भने हुबहु वा अन्य कारणले वर्गीकरणमा समावेश नगरिएका पत्रपत्रिलाई राज्यले अनुदान दिने गरेको छैन। प्रेस काउन्सिलको काम प्रभावकारी हुन नसक्दा दुईवर्ष अघिको वर्गीकरण बुधबारमात्रै सार्वजनिक गरिएको हो। 

 

 

 

 

 

 

 

.