September 4, 2018

प्रमुख समाचार

Sad

asa

as

बाँकि समाचार
 

कर्मचारीतन्त्रमा नक्कली प्रमाणपत्रधारीको बिगबिगी

काठमाडौं, ४ असार। मुलुकको प्रशासन क्षेत्रमा नक्कली प्रमाणपत्रधारी कर्मचारीहरूको बिगबिगी रहेको तथ्य फेला परेको छ। अध्ययन नगर्ने अनि भारतबाट नक्कली प्रमाणपत्र पेश गरी सरकारी जागिर खाने २० जना कर्मचारीविरूद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेपछि उक्त तथ्य सार्वजनिक भएको हो। 

यसरी नक्कली प्रमाणपत्र पेश गरेर सरकारी ओेहोदामा पुग्नेहरूमा राष्ट्रिय वाणिज्य बैङ्क, कृषि विकास बैङ्क, राष्ट्रिय अनुसन्धान विभागदेखि नेपाल टेलिकमसम्मका कर्मचारी रहेका छन्।  

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, सडक विभाग खोडपा बझाङ, नेपाल विद्युत् प्राधिकरणमासमेत नक्कली प्रमाणपत्र पेश गरेर पद प्राप्त गरेको रहस्य खुलेको हो। यसरी नक्कली प्रमाणपत्र पेश गरेर पद प्राप्त गर्नेमा अधिकांश अधिकृत रहेका छन्। 

त्यस्तै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले तीन दिनभित्र नेपाल पर्यटन वोर्डको सेवा सुचारू गर्न सरकारलाई निर्देशन दिएको छ। 

अख्तियारले उपयुक्त उपायबाट सेवा सुचारू गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई लेखी पठाइएको छ। अन्यथा मन्त्रालय, पर्यटन बोर्डका पदाधिकारी र सम्बद्ध अन्य पदाधिकारीहरूमाथि अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐनबमोजिम कारबाही अगाडि बढाइने अख्तियारले जनाएको छ। 

पर्यटन बोर्डको कार्यालय ५२ औं दिनदेखि बन्द रहेको, महिना दिनसम्म कार्यालय प्रमुख अनुपस्थित रहेको र कर्मचारीहरूले हाजिर गरी कामकाज नगरी तलब भत्तालगायतका सुविधा लिइरहेको भन्दै अख्तियारले गम्भीरतापूर्वक समस्या समाधान गरी बोर्डको कार्य सुचारू गर्ने गराउने व्यवस्था मिलाइएको छ।