September 4, 2018

प्रमुख समाचार

Sad

asa

as

बाँकि समाचार
 

भक्तपुर सफा गर्न पाँच करोड

#readomre#देविका खुलिमुली 

भक्तपुर, ५ असार। अन्य सहरको तुलनामा भक्तपुर नगरपालिका सफा र स्वच्छ नगरको रुपमा परिचित छ। सरसफाइकै कार्यलाई अगाडि बढाउन यहाँको नगरपालिकाले छुट्टै बजेटको व्यवस्था गरेको पाइन्छ। भक्तपुरमा नगरपालिकाको सरसफाइ गर्ने तथा फोहोर व्यवस्थापन गर्ने कार्यको लागि करिब पाँच करोड बजेट विनियोजन हुन्छ।  

भक्तपुर नगरपालिका स्यानिटेशन शाखाका दिलिपकुमार सुवालका अनुसार आर्थिक वर्ष २०६८/६९ मा ८,९४९.४३ टन फोहोर सङ्कलन भएको थियो भने त्यसको लागि ३ करोड १२ लाख ८४ हजार ६ सय ६१ रुपियाँ खर्च भएको थियो। त्यस्तै आर्थिक वर्ष २०६९/७०मा ८८३१.५७ टन फाहोर सङ्कलन भई ४,१२,१५,५०५.७५ रुपियाँ खर्च भएको छ। आर्थिक वर्ष २०७०/७१ को लागि फोहोर व्यवस्थापनको शीर्षकमा ५ करोड ४० लाख रकम बजेट विनियोजन गरिएको छ।  

नगरलाई सफा गर्ने कार्यमा जम्मा १ सय ६४ जना कर्मचारी संलग्न रहेका छन्। जसमा नगर निरीक्षक, वडा निरीक्षक, ड्राइभर, हेल्पर, बढार्ने कर्मचारी आदि पर्दछन्। नगरपालिकामा मात्र सरसफाइ गर्ने काम बिहान ६ बजेदेखि पटकपटक सफाइ कार्य बेलुकी ७ बजेसम्म गरिन्छ। फोहोर उठाउनको लागि ४ वटा मिनि ट्रक र ६ वटा पिक अप भ्यान गरी जम्मा १० वटा गाडीको व्यवस्था गरिएको छ। नगरपालिकाबाट दिनमा लगभग ३० टन फोहोर उत्पादन हुने गरेको सुवालको भनाइ छ। नगरबाट सङ्कलन गरिएको फोहोर सल्लाघारीको सार्वजनिक जमिन आलाबुँमा जम्मा गर्ने र खेत भिरालो भएको वा अग्लो बनाउनको लागि फोहोरको प्रयोग गर्ने गरिएको बताउँछन् सुवाल। त्यस्तै घरघरबाटै कुहिने र नकुहिने छुटिएको सङ्कलित फोहोरको भने दैनिक १ सय केजी मल बनाउने कार्य हुँदै आएको छ। 

विगतमा फोहोरको दिगो व्यवस्थापनको लागि भक्तपुरको भेलुखेलमा डम्पिङ साइड बनाई कुहिने फोहोरको मल बनाउने कार्य गरिंदै आएकोमा स्थानीय बस्ती बाक्लिंदै आएपछि फोहोरले वातावरण प्रदूषित गरेको भन्दै स्थानीयले विरोध गरेपछि उक्त कम्पोष्ट प्लान २०६३ सालदेखि स्थगित भएको छ। नगरपालिकाद्वारा सञ्चालित उक्त कम्पोष्ट प्लान सुचारु नभएपछि हाल नगरको फोहोर व्यवस्थापन गर्न धेरै कठीन भएको सुवालको भनाइ छ। करिब २० दिनदेखि स्यानिटेशन शाखाबाट भक्तपुरको वडा नं. १३ को १५० वटा घरमा कुहिने र नकुहिने फोहोर छुट्याउनको लागि भनी प्रत्येक घरमा २ वटा बाल्टिन वितरण गरिएको बताउँछन् दिलिपकुमार सुवाल। तर दश बाह्र घरबाट फोहोर छुट्याएर दिएको उनको गुनासो छ।