September 4, 2018

प्रमुख समाचार

Sad

asa

as

बाँकि समाचार
 

आव सकिन लाग्दा जिल्लाका ३२ कृषि सडक अलपत्र

#readomre#भक्तपुर, ५ असार। असारको पहिलो साता बित्न लाग्दा पनि चालू आवभित्र पूरा हुनुपर्ने भक्तपुरका ३२ वटा कृषि सडकको निर्माण कार्य भने सम्पन्न हुन सकेको छैन।  

आर्थिक वर्ष २०७०/०७१ भित्रै सम्पन्न गरिसक्नुपर्र्ने जिल्लाका ३५ वटा कृषि सडक योजनामध्ये हालसम्म तीन वटामात्र सम्पन्न भएको जिल्ला विकास समिति भक्तपुरले जानकारी दिएको छ।  

जिल्ला प्राविधिक कार्यालय भक्तपुरका प्रमुख जिल्ला इञ्जिनियर गणेशलाल कोजूले केही समयअघि देशभरका क्रसर उद्योग बन्द भएका कारण सडक निर्माणका लागि चाहिने कच्चा पदार्थ नहँुदा सडक निर्माणमा ढिलाइ भएको बताउनुभयो। 

उहाँका अनुसार क्रसर उद्योग बन्द भएपछि निर्माण कार्यका लागि आवश्यक गिट्टी, ढुङ्गा, रोडालगायतका निर्माण सामग्ा्री अभावका कारण सडक निर्माण कार्य रोकिए पनि अब असार मसान्तसम्म यी सडक निर्माण सम्पन्न गरिने छ।  

निर्माण सम्पन्न नभएर अलपत्र परेका यस्ता कृषि सडक वर्षाका कारण भत्किन थालेको र कच्चा सामग्री बोकेर जान सक्ने अवस्थामा सडक नभएका कारण यो वर्षको बजेट फ्रिज भएर जाने र सडक अलपत्र नै रहने स्थानीयले गुनासो गरेका छन्। 

जिल्लामा चालू आवमा रू.पाँच लाख र सोभन्दा माथिका १८ लाखसम्म बजेट विनियोजन गरिएका ३५ वटा सडक रहेका छन्। जसमा रू. १८ लाख बजेटको बाहाखा बजार, सरस्वतीखेल र मध्यपुर थिमी नगरपालिका सडक, रू. पाँच लाख बजेटको तेलकोटको भट्टेडाँडा सडक, रू. पाँच लाख बजेटकै नगरकोट–जोरपाटी–ताथली–सङ्गममार्ग, चित्तपोल सडकमात्र निर्माण सम्पन्न भए पनि अरू सडक अलपत्र नै रहेका छन्।  

हालसम्म सम्झौता नै नभएका योजनामा बागेश्वरी, न्याचोपौवा सडक, कुइँकेल गाउँ सडक, बागेश्वरी–भद्रकाली हुँदै हेल्थ पोष्ट जाने सडक, चाँगु–पकुनेपाटी–गैडागाउँ हुँदै गाविस भवन जाने सडक, छालिङ र थापागाउँबाट सहकारी जाने हनुमानटारको बाटो निर्माण योजना रहेका छन्। यी योजनामा प्रतियोजना रू. पाँच लाख रकम विनियोजन गरिएको छ। केही सडक अझै सम्झौता हुन बाँकी रहेको जिल्ला प्राविधिक कार्यालयको भनाइ छ। 

पैंतीस सडकमध्ये जिल्ला विकास समिति भक्तपुरबाट आर्थिक वर्ष २०७०/०७१ मा स्थानीय यातायात तथा पूर्वाधार क्षेत्रगत कार्यक्रम शीर्षकबाट २४ वटा योजना, जिल्ला विकास अनुदान शीर्षकबाट सञ्चालन हुने गरी ७ वटा र सडक बोर्ड नेपालको साझेदारीमा ४ वटा योजना छनोट भएको जिविसले जनाएको छ।