सरसफाइसम्बन्धी जनचेतनामूलक प्रशिक्षण
#readomre#भक्तपुर, ५ असार। नेपाल महिला कल्याण सङ्घ छालिङको आयोजनामा सरसफाइसम्बन्धी जनचेतनामूलक एकदिने प्रशिक्षण कार्यक्रम छालिङमा सम्पन्न भयो।
प्रशिक्षणमा भक्तपुर सामाजिक विकास शाखाका बलदेव घोरसाइनेले सफा सुग्घर मानिसको सभ्यताको चिह्न भएको बताउँदै महिला दिदी–बहिनीहरुले प्रशिक्षणमा सिकेका कुरालाई टोल–बस्ती तथा व्यक्तिगत सरसफाइमा सक्रिय हुनुपर्नेमा जोड दिनुभयो।
सङ्घका अध्यक्ष सानुमाया लागेजूले व्यक्तिगत, सामूहिक र सामुदायिक सरसफाइसम्बन्धी प्रशिक्षण दिनुभएको थियो।
कार्यक्रममा सङ्घका महासचिव सरिता ह्यौंमिखा, कृष्णमाया चाकततू, रञ्जु केसी र चन्द्रमाया हाकुजूले पनि सरसफाइबारे बोल्नुभएको थियो।
|