भक्तपुरमा फोटो प्रदर्शनी सुरु
#readomre#भक्तपुर, ५ असार। भक्तपुर दरवार क्षेत्रमा बिहीबारबाट फोटो प्रदर्शनी सुरु भएको छ। असार ५ देखि ८ गतेसम्म हुन गइरहेको प्रदर्शनी ख्वपग्राफी ग्लीमफेस अफ भक्तपुर प्रदर्शनीको आयोजनामा भक्तपुर जेसिस परिवारले गरेको हो।
भक्तपुर जेसिस परिवार तथा अग्रज फोटोग्राफरहरूमाझ बिहीबार उदघाटन भएको उक्त प्रदर्शनीमा २४ जना व्यवसायिक तथा सिकारु फोटोग्राफीहरूको सहभागिता रहेको छ।
भक्तपुरमा फोटोग्राफी गर्न चाहनेहरूका लागि प्लेटफर्म उपलब्ध गराई भक्तपुरका फोटोग्राफीहरूलाई हौसला दिने उद्देश्यले आयोजना गरेको जेसिस जुनियरका अध्यक्ष विवेश दण्डेख्याले बताउनुभयो।
उद्घाटनको अवसरमा नेपालका अग्रज फोटोग्राफर गोपाल चित्रकारले फोटोग्राफी गर्दै गए त्यसको प्रतिफल पाउने विचार व्यक्त गर्नुभयो।
अर्का अग्रज फोटोग्राफर जगदिश तिवारले भक्तपुरमा ऐतिहासिक क्षेत्र भएकोले फोटोग्राफीका लागि धेरै अवसर रहेको बताउनुभयो।
उक्त कार्यक्रममा गत वैशाख १० गतेदेखि २४ गतेसम्म फोटोग्राफी तालिम लिएकाहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो।
घ्याम्जो मोक्तान, प्रशिक्षार्थी
|