September 4, 2018

प्रमुख समाचार

Sad

asa

as

बाँकि समाचार
 

समाज सुधारमा बधाई तथा मार्ग निर्देशन

#readomre#भक्तपुर ५ असार। समाज सुधार माविमा बिहीबार एसएलसी २०७० मा उत्तीर्ण विद्यार्थीहरूलाई एक समारोहबीच बधाइ तथा मार्गनिर्देशन कार्यक्रम भयो।  

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक एवं कार्यक्रमका सभापति लक्ष्मीनारायण दुवालले उच्च शिक्षा हासिल गरेर एक घर एक स्नातकको अवधारणा पूरा गर्नुपर्ने विचार व्यक्त गर्नुभयो।  

सो अवसरमा सहायक प्रअ जगनाथ प्रजापति, शिक्षकहरू विष्णुगोपाल कुसी, रामसुन्दर किबानायो, सुरज दिदीया, कृष्णप्रसाद सुवालले विद्यार्थीहरूको उत्तरोत्तर प्रगतिको कामना गर्दै आफ्नो रूचि, क्षमता, आर्थिक अवस्थाको आधारमा विषय छनोट गर्नुपर्ने विचार व्यक्त गर्नुभयो।  

शिक्षक श्रीप्रसाद त्यातले स्वागत गर्नुभएको सो कार्यक्रममा एसएलसी उत्तीर्ण विद्यार्थीहरू जुना प्रजापति र रोजी प्रजापतिले आ–आफ्नो परीक्षाको अनुभव व्यक्त गर्नुभयो।