धनगढीमा नेमकिपाको प्रचार
धनगढी, ५ असार। असार ८ गते हुन उपनिर्वाचनको प्रचार गर्ने अन्तिम दिन बिहीबार धनगढी नगरपालिकाका ठाउँठाउँमा नेपाल मजदुर किसान पार्टीले प्रचार गर्यो। नेमकिपाका उम्मेदवार रमेशकुमार रावतसहित धनगढी नगरपालिका क्षेत्रमा घरदैलो कार्यक्रम गरिएको हो। घरदैलोमा नेमकिपाको घोषणापत्र तथा अपील वितरण गरिएको थियो।
उम्मेदवार रावलले कामदार वर्गको हितको निम्ति संविधान बनाउन नेमकिपालाई मतदान गर्न अनुरोध गर्नुभयो।
|