एमाले नेता पत्नी ठगीमा पक्राउ
काठमाडौं, ५ असार। नेकपा एमालेका केन्द्रीय नेता, पूर्वराज्यमन्त्री एवं बहालवाला सभासद जीतु गौतमकी पत्नी तुलसा दास (गौतम) ठगीको आरोपमा पक्राउ परेकी छन्। केपी ओली पक्षमा रहेका नेता गौतम आफ्नी पत्नीलाई हिरासतमुक्त गराउन भनसुनमा लागेका छन्।
झापाको पृथ्वीनगर निवासी आफ्नै कार्यकर्तालाई राष्ट्रिय अनुसन्धानमा जागिर लगाइदिन्छु त कहिले अमेरिका पठाइदिन्छु भन्दै मन्त्रीपत्नी तुलसाले १८ लाख रूपैयाँ ठगी गरेको रहस्य खुलेपछि उनलाई प्रहरीले पक्रेको हो। उनलाई यतिबेला महराजगञ्ज वृत्तमा राखिएको छ।
पीडित पूर्णबहादुर लामाको उजुरीका आधारमा बाउन्स चेक दिएको अभियोगमा उनलाई प्रहरीले पक्राउ गरेको हो। पीडित एमाले कार्यकर्ताले यसबारे एमाले मुख्यालयमा समेत निवेदन दिंदा पनि सुनुवाइ नभएपछि प्रहरी गुहारेका हुन्।
|