September 4, 2018

प्रमुख समाचार

Sad

asa

as

बाँकि समाचार
 

शासकीय स्वरुपबारे छलफल जारी

काठमाडौं, ५ असार। संविधानसभाको बैठकमा बिहीबार पनि शासकीय स्वरुपबारे छलफल जारी रह्यो।  

छलफलमा सभासद्हरुले आ–आफ्नो पार्टीको धारणा राखेका थिए। नेपाली काङ्ग्रेस, नेकपा एमाले, एनेकपा माओवादी र अन्य दलका सभासद्हरुले आ–आफ्नो विचार राखेका थिए।  

प्रत्यक्ष जनताबाट निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणाली, प्रत्यक्ष जनताबाट निर्वाचित प्रधानमन्त्री प्रणाली र संसदबाट निर्वाचित प्रधानमन्त्रीय प्रणालीमा छलफल चलेको सभामा सभासद्हरुको उपस्थिति न्यून थियो।  

दिउँसो ११ बजेबाट  चलेको छलफल बेलुकी ५ बजेसम्म चलेको थियो। बैठक शुक्रबार दिउँसो ११ बजे पुनः बस्नेछ।