September 4, 2018

प्रमुख समाचार

Sad

asa

as

बाँकि समाचार
 

विराटनगरमा फोहोर व्यवस्थापनमा समस्या

पथरी (मोरङ), २० जेठ। फोहोर व्यवस्थापनको जिम्मा पाएको ठेक्केदार कम्पनीले फोहोर व्यवस्थापन सन्तोषजनक तरिकाले नगरेको विराटनगर उपमहानगरपालिकाका नगरवासीले गुनासो गरेका छन्। 

नागरिक सरोकार मञ्चका अध्यक्ष मोहन भट्टराईले विराटनगर क्षेत्रको फोहोर व्यवस्थापनमा ध्यान नपुर्‍याउँदा समस्या भएको बताउनुभयो। उहाँले भन्नुभयो, “दुर्गन्धले धेरै ठाउँमा त नाक थुनेर हिंड्नुपर्ने अवस्था छ।” 

फोहोर व्यवस्थापनका लागि विराटनगर उप–महानगरपालिकाले काठमाडौंको वेस्ट मेनेजमेन्ट प्रालिलाई जिम्मा दिएको थियो। गत जेठ १ गतेदेखि सो कम्पनीले रु. ११ लाख ४० हजारमा फोहोर व्यवस्थापनको जिम्मा पाएको थियो। नयाँ ठेकेदारले पुरानै शैलीमा काम सुरु गरेपछि विराटनगर क्षेत्रको फोहोर व्यवस्थापनमा थप समस्या आएको स्थानीयवासीको भनाइ छ। 

विराटनगर उप–महानगरपालिकाको फोहोर व्यवस्थापनका लागि १० वटा ट्र्र्याक्टर, १५ वटा ट्राईसाइकलले मात्र फोहोर सङ्कलन गरिरहेकाले नगर क्षेत्र दुर्गन्धित भएको हो। विराटनगर उपमहानगरपालिकामा दैनिक ७० मेटि्रक टन फोहोर उत्पादन हुने गरेको छ। विराटनगरको गुद्री बजारमा मात्रै दैनिक २० मेटिक टन फोहोर उत्पादन हुने गरेको छ।  

विराटनगर उपमहानगरपालिकाका सरसफाइ शाखाका प्रमुख हीरालाल यादवका अनुसार सरसफाइको विरुद्धमा विराटनगर उपमहानगरपालिकामा धेरै गुनासो आएपछि फोहोर व्यवस्थापन ठेकेदार कम्पनीलाई चेतावनी पत्र पठाएको जानकारी दिनुभयो। उहाँले भन्नुभयो, “भर्खरै चेतावनी पत्र पठाएको छु।”  

ठेकेदार कम्पनी वेस्ट मेनेजमेन्टका सञ्चालक केशव थापाले पुरानो ठेकेदारले फोहोर सङ्कलन नगरेकाले थुप्रै सरसफाइ गर्नुपरेकाले समस्या आएको बताउनुभयो। उहाँले भन्नुभयो, “पुरानो सरसफाइ बाँकी नै छ त्यो सकेपछि फोहोर व्यवस्थापन चुस्त हुन्छ।” रासस