साझाका तीस बस भदौमा आइपुग्ने
काठमाडौां, २३ जेठ। साझा यातायातले काठमाडौं महानगरपालिकाको रु. १० करोड सेयर लगानीमा ल्याउन लागेको ३० वटा बस आगामी भदौको तेस्रो साता काठमाडांै आइपुग्ने भएको छ।
साझा यातायात र भारतीय बस निर्माता कम्पनी अशोक ल्यान्डबीच गत चैतमा भएको सम्झौताअनुसार कम्पनीले आगामी भदौको तेस्रो साता ती बस साझालाई बुझाउनुपर्ने महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले बताउनुभयो।
अब आउने बस ८० सीट क्षमताको हुने र सबै बस अपाङ्गमैत्री हुने पनि साझा यातायातले जनाएको छ। त्यस्तै बसमा स्वचालित ढोका, सीसीटीभी क्यामेरा, टेलिभिजनलगायत सुविधा हुनेछ। तीसवटा बस थपिएसँगै साझासँग ४६ वटा बस हुनेछ।
यसैबीच भारतको मुम्बईस्थित अशोक ल्याण्डको कारखानामा बन्दै गरेको बसको विभिन्न भागको अवलोकनका लागि एक टोली त्यसतर्फ प्रस्थान गरेको छ।
|