September 4, 2018

प्रमुख समाचार

Sad

asa

as

बाँकि समाचार
 

अब दैनिक नौ घण्टा विद्युत्भार कटौती

काठमाडौं, २३ जेठ। नेपाल विद्युत् प्राधिकरणले विद्युत्भार कटौतीको समय एक घण्टा घटाएको छ।  

जेठ २५ गते मङ्गलबारदेखि लागू हुने गरी प्राधिकरणले दैनिक नौ घण्टा विद्युत्भार कटौती गर्न लागेको हो। यसअघि प्राधिकरणले दैनिक १० घण्टा विद्युत्भार कटौती गर्दै आएको थियो।  

नदीमा जलप्रवाहको क्रम बढेको कारण क्रमशः विद्युत्भार कटौतीको समय घटाउँदै लगिने प्राधिकरण भारप्रेषण केन्द्रका प्रमुख भुवनकुमार खत्रीले जानकारी दिनुभयो।  

उहाँका अनुसार हाल दैनिक ७०० मेगावाट विद्युत् आपूर्ति हुँादै आएको छ भने एक हजार ३५० मेगावाट विद्युत् माग रहँदै आएको छ। प्राधिकरणले विद्युत् चुहावट हुने स्थानमा भने न्यूनतम एक घण्टा र अधिकतम सात घण्टाभन्दा बढी विद्युत्भार कटौती गर्ने जनाएको छ।