September 4, 2018

प्रमुख समाचार

Sad

asa

as

बाँकि समाचार
 

वातावरण दिवसमा ख्वप कलेजद्वारा र्‍याली र प्रवचन

भक्तपुर, २३ जेठ। नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) ले विनापूर्वाधार नगरपालिका घोषणा हुँदा नगरको फोहर व्यवस्थापन हुन नसकेको बताउनुभएको छ।  

विश्व वातावरण दिवस १०१६ को अवसरमा भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप कलेजको आयोजनामा आइतबार भएको प्रवचन कार्यक्रममा बोल्दै अध्यक्ष रोहितले नगरपालिकाहरूमा राम्रो ढलनिकास, उपचार पोखरी, फोहर व्यवस्थापन नभएको उल्लेख गर्नुभयो।  

नेपाल र भारतको खुला सिमानाका कारण वन तस्कर भइरहेको उहाँको भनाइ छ।  

उहाँले वन फँडानीमा तस्करहरू लागेको तर वन मन्त्रीले बेवास्ता गरेको भन्दै पानीबाट बिजुली उत्पादन गर्नु नेपालको निम्ति सबभन्दा राम्रो विकल्प भएको उल्लेख गर्नुभयो। अध्यक्ष रोहितले सौर्य ऊर्जाको नाममा व्यापारीकरण भएको र व्याटि्रलगायत सबै सामान विदेशबाट ल्याउँदा नेपालको पैसा विदेशिएको उल्लेख गर्नुभयो। उहाँले जलविद्युत्मा विगत १० वर्षदेखि केही खर्च हुन नसकेको भन्दै नेपालले जलविद्युत् उत्पादन नगरी भारतबाट बिजुली किन्नु गलत भएको धारणा राख्नुभयो।अध्यक्ष रोहितले भूकम्पको क्षतिको पुनःनिर्माण गर्न नेपालमा चुन ढुङ्गाबाट ईंटा बनाउन सकिने तर सरकारको ध्यान नगएको बताउनुभयो।  

नेमकिपा विदेश विभाग प्रमुख एवम् कलेज व्यवस्थापन समितिका प्रेम सुवालले पूर्वाधारको विकासपछि मात्रै नगरपालिका घोषणा गर्नुपर्ने बताउनुभयो।  

कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष रविन्द्रकुमार शाक्यले देशमा वातावरणसम्बन्धी प्रशस्त कानुन छन् तर कार्यान्वयन फितलो छ भन्नुभयो।  

त्रिभुवन विश्वविद्यालय वातावरण सङ्कायका प्रमुख प्रा.डा. मदन कोइरालाले नेपालले नगन्य कार्वन उत्सर्जन गर्ने तर सजाय भोग्नुपर्ने स्थिति रहेको उल्लेख गर्नुभयो। भक्तपुर नगरपालिकाका कार्यकारी अधिकृत गणेश नेपाली, विश्व वन्यजन्तु कोषका प्रमुख  कार्यकारी अधिकृत प्रसन्न योञ्जनलगायतका वातावरण जोगाउन सवै संवदेनशील रहनुपर्नेमा जोड दिए।  

कार्यक्रममा 'ख्वप एव्सट्रायक' पुस्तकको विमोचन गरिएको थियो। कलेजका एमएस्सीका विद्यार्थीको थेसिसको सार सङ्कलन गरिएको छ। कार्यक्रममा कलेजले जैविक विविधता दिवसको अवसरमा आयोजना गरेको भक्तपुर–काभ्रेव्यापी निबन्ध र चित्रकला प्रतियोगिताका विजयी विद्यार्थीलाई पुरस्कृत गरिएको थियो।  

कार्यक्रममा ख्वप कलेजका प्राचार्य रूपक जोशी, एमएसी इञ्चार्ज रविन्द्र ज्याख्वलगायतले कलेजका गतिविधिहरूबारे प्रकाश पारे।  

वातावरण दिवसकै अवसरमा वातावरणसम्बन्धी जनचेतना जगाउने उद्देश्यले ख्वप कलेजले र्‍यालीको आयेजना गरेको थियो। प्रभातफेरि ख्वप कलेज देकोचाबाट सुरु भइ नगर परिक्रमा गरी टुङ्गिएको थियो ।