September 4, 2018

प्रमुख समाचार

Sad

asa

as

बाँकि समाचार
 

स्थानीय निकायको निर्वाचन तत्काल हुनुपर्छ

काठमाडौं, २४ जेठ। नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवम् सांसद नारायणमान बिजुक्छें (रोहित) ले स्थानीय निकाय निर्वाचन तत्काल हुनुपर्ने धारणा दोहोर्‍याउनुभएको छ।  

सोमबार बिहान इमेज एफएमको स्रोतासँग सांसद कार्यक्रममा बोल्दै सांसद बिजुक्छेंले स्थानीय निकायमा जनप्रतिनिधि भएको भए देशको आधा समस्या समाधान हुन्थ्यो भन्नुभयो। उहाँले निर्वाचन हुन नदिनेमा नेपाली कांग्रेस, एमाओवादी र मधेसवादी पार्टी जिम्मेवार छन्, देशलाई अगाडि बढ्न नदिने देशविरोधी हुन् भन्नुभयो।  

सांसद बिजुक्छेंले भन्नुभयो, 'वर्तमान संरचनामै चुनाव गरौं। प्रदेश विभाजनको काम हुँदै गर्छ। प्रदेश बनाउन छलफल गरौं। तर स्थानीय निकायको निर्वाचन गरौं।' नयाँ सङ्घीय व्यवस्थाअनुसार काम टुङ्ग्याउन कम्तीमा ५ वर्ष लाग्ने सांसद बिजुक्छेंको भनाइ थियो। उहाँले भन्नुभयो, सबै स्वाभाविक रुपमा गएमा पनि सङ्घीयता लागू हुन ५ वर्ष लाग्छ।  

स्रोताको भूकम्पपछिको पुनःनिर्माणको विषयमा सोधिएको एक प्रश्नको जवाफमा सांसद बिजुक्छेंले सरकारले यथासमयमा भूकम्प पीडितको घरबासको व्यवस्था गर्न नसकेको धारणा राख्नुभयो। उहाँले सरकारमा जाने नेका, माओवादी, मधेसवादी, राप्रपालगायत सबै पार्टी यो असफलताको निम्ति जिम्मेवार भएको भन्दै थप्नुभयो, राजधानीमा त कुनै बन्दोबस्त गर्न सकेको छैन भने अन्यत्र कस्तो होला भन्ने अनुमान गर्न सकिन्छ। 

पुनःनिर्माण प्राधिकरणमा अध्यक्ष कुन पार्टीको हुने भन्नेमा हानथाप भएको उल्लेख गर्दै नेमकिपाका अध्यक्ष बिजुक्छेंले पुनःनिर्माणको निम्ति आउने सामग्रीको खरिदमा भागवण्डा गर्न खोजिएको तर्क गर्नुभयो। उहाँको कथन थियो, ठूला पार्टी जनताप्रति जिम्मेवार भएनन्। स्रोताको प्रश्नको जवाफ दिने क्रममा उहाँले भारतको दबाबमा नेताहरू नपरेका भए देश यसरी भड्खालोमा पर्ने थिएन भन्नुभयो। सरकारमा जाने होइन र भन्ने प्रश्नमा सांसद बिजुक्छेंले एउटा मन्त्री बनेर देश बनाउन सकिन्न। आफूहरूले मन्त्रीहरूलाई नीति निर्माणमा केन्द्रित हुन अनुरोध गरिरहेको उहाँको भनाइ थियो।