September 4, 2018

प्रमुख समाचार

Sad

asa

as

बाँकि समाचार
 

बालुवाखानीमा पुरिएर ३ को मृत्यु

विदुर, २७ जेठ। नुवाकोट खड्गभञ्ज्याङ गाउँ विकास समितिमा बालुवाको ढिस्कोले पुर्दा तीन जनाको मृत्यु भएको छ। मृत्यु हुनेहरूमा सवारी चालक, विकास भन्ने गंगासिंह तामाङ, सहचालक प्रकाश भन्ने बुधे तामाङ र काम गर्ने शङ्कर राईको रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायव उपरिक्षक ऋषिराम कँडेलले जानकारी दिए।अवैधानिक बालुवा खानीमा बा ३ ख ९७०९ नम्बरको आयसर ट्रकमा बालुवा भर्दै गर्दा माथिबाट झरेको पहिरोले उनीहरूलाई पुरेको थियो। बालुवा खानीको छेउमा नै लगेर बालुवा सिधै गाडीमा पर्ने गरी खनिरहँदा माथिबाट एक्कासि पहिरो झरेको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन्।काभेटरको माध्यमबाट प्रहरीले गाडी र मृत्यु भएकाहरूको शव निकालेको थियो।