September 4, 2018

प्रमुख समाचार

Sad

asa

as

बाँकि समाचार
 

तयारी कक्षाका नाममा विद्यार्थी किनबेच !

सर्लाही, २८ जेठ। सर्लाही घर भएकी सुमित्रा उप्रेती (नाम परिवर्तन) गत वर्ष त्यसबेला अचम्ममा परिन्, जब उनले भर्ना गरेको संस्थामा नभई अर्को संस्थामा पढ्नुपर्‍यो। पछि बुझ्दै जाँदा उनलाई थाहा भयो– आफूलाई भर्ना लिएर सो संस्थाले अर्को संस्थासँगको मिलेमतोमा बेचेको रहेछ। 

कक्षा १२ को परीक्षा सकेर तयारी कक्षा पढ्न चाहने विद्यार्थीमध्ये सुमित्रा एक उदाहरण हुन्। कक्षा १२ को अध्ययनपछि डाक्टर, इञ्जिनियर वा चार्टड एकाउन्टेन्ट बन्ने सपना बोकेका हजारौं युवाहरू च्याउसरि उमि्रएका तयारी कक्षा (कोचिङ) केन्द्रमा अध्ययनको लागि जाँदा यसरी ठगिने गरेका उदाहरण प्रशस्त छन्। 

त्यही मौका पर्खेर बसेकाहरू एमबीबीएस, बीई वा सीएको तयारी कक्षा सञ्चालनको नाममा ठूला–ठूला होर्डिङ बोर्ड राखेर विद्यार्थी तान्ने प्रयासमा लागेकाहरूले तपाईंहरूलाई अध्ययनको लागि दबाब दिइरहेका छन् भने ख्याल गर्नुहोला– राम्रो अध्ययन गराउने प्रलोभन देखाएर त्यहाँ तपाईंको भविष्यमात्र होइन, जीवन नै बर्बाद बनाउने अवस्था पनि सिर्जना हुन सक्छ। तपाईं अध्ययनको प्रलोभनमा बेचिन पनि सक्नुहुनेछ। 

काठमाडौंका साना संस्थाहरूले विद्यार्थी भर्ना गर्ने तर कक्षा सञ्चालन गर्न नसकेपछि विद्यार्थीले तिरेको केही पैसा कटाएर विद्यार्थीहरूलाई अन्यत्रै पठाउने गरेका छन्। यस्तो धन्दा विशेषतः सीएको कक्षा सञ्चालन गर्ने संस्थाहरूमा हुने गरेको छ। 

मौसमी व्यापारको लागि खोलिएका त्यस्ता तयारी कक्षा अहिले व्यापार नभएर विकृति भित्र्याउने माध्यम भएका छन्। छोटो समयमै मालामाल बन्ने ध्याउन्नमा त्यस्ता तयारी कक्षा सञ्चालन गरेकाहरूको जालो विभिन्न कलेज र तिनका सञ्चालकहरूसम्म पुगेको भेटिन थालेको छ। उनीहरूकै मिलेमतोमा विद्यार्थी किनबेचसम्मको खेल हुने गरेको स्रोतले दाबी गरेको छ। 

केही कलेजका प्रतिनिधिहरूले नै विद्यार्थीलाई जबरजस्त त्यस्ता तयारी कक्षमा पुर्‍याउने र मोटो कमिसन लिने गरेको बुझिएको छ। जानकारीअनुसार, कतिपय त्यस्ता तयारी कक्षा सञ्चालकहरूले प्रतिविद्यार्थी २ हजारदेखि ५ हजारसम्म कमिसन दिने गरको बुझिएको छ। 

यसरी कलेजका प्रतिनिधि वा विद्यार्थी ल्याइदिनेलाई कमिसन दिनु परेपछि त्यसको भार विद्यार्थीमै आउने गरेको छ। कोचिङ सेन्टरले लिने शुल्कमा विद्यार्थी ल्याइदिनेलाई पनि कमिसन दिनुपर्ने बाध्यताले त्यसको भार विद्यार्थीमा पर्ने गरेको छ। 

स्रोतका अनुसार अहिले काठमाडौंमा यस्तै धन्दा गरेर बस्ने दलालहरू सक्रिय छन्। विद्यार्थी र तयारी कक्षा सञ्चालन गर्ने कोचिङ सेन्टरबीच कुरा मिलाइदिने, विद्यार्थीलाई विभिन्न शिक्षकसँग कुरा गरेर प्रभावमा पार्न लगाउने र ती विद्यार्थी भर्ना भइसकेपछि सोहीअनुरूपको कमिसन लिने दलालहरू अहिले सिजनको बेला निकै सक्रिय भएका छन्। प्लस टु पछि पढिने एमबीबीएस, इञ्जिनियरिङलगायतका विभिन्न विषयको तयारी कक्षा पढ्ने विद्यार्थीको सङ्ख्या बढ्ने हुनाले यस्ता दलालहरू यो समयमा अझ बढी सक्रिय हुने गरेको बुझिएको छ। 

पुतलीसडकस्थित एक सीए तयारी कक्षाका सञ्चालक भन्छन् – 'यो केही हदसम्म सत्य हो, छोटो समयमै केही कमाउन आउनेहरूले त्यस्तो गर्दा हामीलाई पनि समस्या भएको छ।' 

उनले कतिपय संस्थाले त त्यसरी नै विद्यार्थी जम्मा गर्ने गरेको बताए। 'त्यसो गर्दा सञ्चालकले छोटो समयमा त धेरै कमाउँछन् तर एकातिर विद्यार्थीको भविष्य अन्धकार हुन्छ भने अर्कोतिर राम्रो काम गर्नेहरूलाई पनि त्यही आँखाले हेर्दा व्यवसाय सञ्चालन गर्न नै समस्या हुन्छ।' 

पुतलीसडकस्थित एक सीए तयारी कक्षाका सञ्चालक भन्छन्– 'यो केही हदसम्म सत्य हो, छोटो समयमै केही कमाउन आउनेहरूले त्यस्तो गर्दा हामीलाई पनि समस्या भएको छ।'