September 4, 2018

प्रमुख समाचार

Sad

asa

as

बाँकि समाचार
 

सांसद टोलीद्वारा भक्तपुर क्यान्सर अस्पताल अनुगमन

भक्तपुर, २८ जेठ। निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रमअन्तर्गत भक्तपुरमा सञ्चालित योजनाको अनुमगन गर्ने क्रममा सांसदको टोली शुक्रबार भक्तपुर क्यान्सर अपस्पताल पुग्यो।  

अनुगमन क्रममा अस्पताल पुग्नु भएका नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवं सांसद नारायणमान बिजुक्छें (रोहित) ले भक्तपुर क्यान्सर अस्पतालले देशभरका क्यान्सर रोगीको सेवा गरिरहेको राम्रो भएको बताउनुभयो। अस्पताललाई भक्तपुरको मात्र भनी नसोची सरकार र प्रतिपक्षमा रहेका सांसदहरूले फराकिलो दृष्टिकोणले हेर्नुपर्ने र भक्तपुर क्यान्सर अस्पतालको विकासको लागि सरकारलाई घच्घच्याउनुपर्ने बताउनुभयो।  

भूमिसुधार सहायक मन्त्री दिनेश श्रेष्ठले देशका प्रतिष्ठित व्यक्तित्त्वको नाममा प्रतिष्ठान र अस्पताल सञ्चालन गरी ठगीको काम भइरहेको तर जनताको सेवा गर्ने अस्पताललाई सरकारबाट अुनदान कटौती गरेको बताउनुभयो।  

अस्पतालका निर्देशक डा. प्रकाश न्यौपानेले ११० बेडसहित क्यान्सर विरामीको उपचारमा लागेको भक्तपुर क्यान्सर अस्पतालले सरकारी अनुदान नपाउने र नेताको नाममा खोलेका अस्पतालमा विरामी नभए पनि अनुदान पाउने गरेको भन्दै सांसदहरूसमक्ष गुनासो व्यक्त गर्नुभयो।  

अनुगमनमा नेमकिपाका सांसद प्रेम सुवाल, अनुराधा थापामगर, नेकाका सांसद रामेश्वर ढुङ्गेल, नेमकिपा भक्तपुर जिल्ला अध्यक्ष रमेश थापा श्रेष्ठ, स्थानीय विकास अधिकारी ध्रुव कोइराला, प्रमुख इञ्जिनियर माधव कार्की, सांसदका प्रतिनिधि, प्राविधिक र पत्रकारहरूको उपस्थिति रहेको थियो।#readmoee#टोलीले सूर्यविनायक नपा वडा नं. १४ को लटरमेश्वर महादेव मन्दिर परिसरको ढुङ्गे पर्खाल निर्माण, वडा नं. १४ कै भिगाली वन हुँदै भंगाल खड्का गाउँ जाने सडक कालोपत्रे, वडा नं. १२ को ठाडो खोला श्याम देउजाको घरदेखि हेल्थपोष्ट जाने सडकमा नाली तथा ढलान कामको अनुगमन गर्‍यो। त्यस्तै वडा नं. ९ नंखेल नन्दिकेश्वर महादेव मन्दिर पूर्वको भू–क्षय नियन्त्रणका लागि टेवा पर्खाल निर्माण, वडा नं. ८ टौडोल क्रियापुत्री भवन, वडा नं. ३ घटेखोला घाटमा पाटी निर्माण, अन्तलिङ्गेश्वर नपा वडा नं. ५ बालकोट नयाँ वस्तीको हनुमन्टे नदी नियन्त्रणको लागि ग्याविन जाली भर्ने कामको अनुगमन गरेको छ।  

अनुगमनको क्रममा सांसद प्रेम सुवालले सांसदहरूको सिफारिसमा बजेट विनियोजन भएको भए पनि जनताकै कर भएको उल्लेख गर्दै उपभोक्ता समितिले आफ्नै टोलमा आएको बजेटलाई राम्रो सदुपयोग गर्नुपर्ने, गुणस्तरीय निर्माणमा जोड दिनुपर्ने र आफ्नो ठाउँ आफैले बनाउनुपर्ने, सामुदायिक भवनहरूमा नयाँ पुस्ताको लागि पुस्तकालय सञ्चालन गर्नुपर्ने सुझावहरू दिनुभयो।