कमलविनायक साकोसको नीति तुर्जमा
भक्तपुर, २९ जेठ। कमलविनायक बचत तथा ऋण सहकारी संस्था लि. को भावी कार्यक्रम तथा नीति तर्जुमा कार्यक्रम शनिबार भयो।
उक्त कार्यक्रममा जिल्ला बचत तथा ऋण सहकारी सङ्घका सचिव हरि बल्लले कार्यक्रम सहकारीको आवश्यकता र उद्देश्यअनुसार निश्चित कार्यक्रमहरू अघि बढाउनुपर्ने आवश्यकता औंल्याउनुभयो।
साकोसका अध्यक्ष ज्ञानकुमार मगजुको सभापतित्वमा सम्पन्न कार्यक्रममा समय सापेक्ष तथा दीर्घकालीन नीतिहरू कार्यान्वयन गर्नुपर्नेमा सल्लाहकार न्हुछेबहादुर खाताखो लेखा सुपरिवेक्षण समितिका नारायणप्रसाद ह्यौमिखाले जोड दिनुभयो।
कार्यक्रममा विभिन्न सीपमूलक तालिमका सहभागी प्रशिक्षार्थी प्रशिक्षकलाई प्रमाणपत्र एवं प्रशंसा पत्र वितरण गरिएको थियो। |