September 4, 2018

प्रमुख समाचार

Sad

asa

as

बाँकि समाचार
 

गीतानगर गाविसलाई पूर्ण खोपमुक्त घोषणा गर्ने

चितवन, २९ जेठ। भरतपुर उपमहानगरपालिकाको वडा नं. २०, २१ र २२ तथा साविक गीतानगर गाविसलाई पूर्ण खोपमुक्त घोषणा गर्ने कार्यक्रम भरतपुर उपमहानगरपालिका, जिल्ला जनस्वास्थ्य कार्यालय र गीतानगर स्वास्थ्य चौकी चितवनको संयुक्त आयोजनामा शनिबार सम्पन्न भयो।  

कार्यक्रममा नेमकिपा भरतपुर उपमहानगरपालिकाका प्रतिनिधि राजकुमार श्रेष्ठले पूर्ण खोप घोषणा कार्यक्रममा शुभकामना व्यक्त गर्दै स्वस्थ र शिक्षित नागरिकले मात्र देश रसमाजको लागि योगदान गर्नसक्ने चर्चा गर्दै शिक्षा पूर्णरूपमा राज्यले जिम्मा लिनुपर्ने बताउनुभयो।  

चितवन स्वास्थ्य चौकी व्यवस्थापन समितिको सभापतित्वमा भएको कार्यक्रममा स्थानीय विकास अधिकारी श्रवणकुमार पोखरेल, उपमहानगरपालिकाका अधिकृत महेश बराल, जिल्ला जनस्वास्थ्यका प्रमुख मधुसुदन पोखरेललगायत नगरका राजनीतिक पार्टीका प्रतिनिधिहरूले पनि बोल्नुभएको थियो।