|
सूर्यविनायक नगरपालिकामा प्रशासनको छड्के
भक्तपुर, ३० जेठ। सूर्यविनायक नगरपालिका कार्यालयमा जिल्ला प्रशासन कार्यालयबाट आइतबार छड्के जाँच गर्दा नगरपालिकाको कार्यकारी अधिकृत यमलाल अधिकारले चारदिनको एकैचोटि (२७, २८, ३० गतेको) एकैचोटि हाजिर जिल्ला प्रशासन कार्यालयका कर्मचारीको अगाडि गरेका थिए। यसैगरी लेखा अधिकृत कृष्णप्रसाद भट्टराईको जेठ २६ गतेदेखि हाजिर छैन। कार्यालय प्रशासन प्रमुख रमेश फाजूले जेठ २८ र ३० गतेको हाजिर गरेका छैनन्। कम्प्युरट अपरेटर कल्पना ढुङ्गेलले जेठ २८ र ३० गतेको हाजिर नगरेको, प्राविधिक सवइञ्जिनियर सुशीला श्रेष्ठले २७, २८ र ३० गतेको हाजिर नगरेको जिल्ला प्रशासन कार्यालयको अनुगमन छड्केमा परेको समाचार छ।
आर्थिक वर्षको अन्तमा विकास योजनाहरूको रकम र अन्य काम तीव्रताका साथ सञ्चालन गर्नुपर्नेमा कार्यालय प्रमुख र लेखा प्रमुख नै कार्यालयमा नियमित उपस्थित नभएपछि सेवाग्राहीलाई समस्या भएको जनगुनासो छ।
|