नेक्राविसङ्घ कैलाली दसौं जिल्ला सम्मेलन तयारी समितिको भेला
कैलाली, ३० जेठ। नेक्राविसङ्घ कैलाली दसौं जिल्ला सम्मेलन तयारी समितिको भेला लम्कीमा शनिबार भयो।
भेलामा नेमकिपाका केन्द्रीय सदस्य खगेन्द्रबहादुर शाहीले पार्टीको दीर्घकालीन लक्ष्य व्यापक जनताको घर आँगनमा पुर्याउन विद्यार्थीको भूमिका महत्त्वपूर्ण हुने बताउनुभयो।
नेमकिपा कैलालीका अध्यक्ष रमेशकुमार रावलले विद्यार्थीको अधिकार प्राप्त गर्न निरन्तर सङ्घर्षको जरूरी छ भन्नुभयो।
नेक्राशिसङ्घका केन्द्रीय सचिव जङ्ग तारामीले विद्यार्थीहरू सामूहिक स्वार्थको निम्ति लड्नुपर्छ भन्नुभयो।
लक्ष्मी पोखरेलको अध्यक्षतामा भएको सो भेलामा नेक्राविसङ्घका केन्द्रीय सदस्य प्रकाश गुरूङ, नेक्रामसङ्घका केन्द्रीय सदस्य रत्नबहादुर शाही, नेमकिपा कैलालीका सचिव गङ्गा थापामगर, नेक्राकिसङ्घ कैलाली अध्यक्ष ज्योति बड्वाल, नेक्रामसङ्घ कैलाली संयोजक रत्नादेवी रावल, नेक्रायुसङ्घ कैलाली अध्यक्ष श्रीकृष्ण थारू, नेक्राविसङ्घका जनक माझी, हिक्मत भण्डारी र अर्जुन रावलले शुभकामना मन्तव्य दिनुभएको थियो।
भेलाले लक्ष्मी पोखरेलको संयोजकत्वमा १२ सदस्यीय नेक्राविसङ्घ दसौं जिल्ला सम्मेलन तयारी समिति कैलाली गठन गरेको छ।
|