September 4, 2018

प्रमुख समाचार

Sad

asa

as

बाँकि समाचार
 

संविधानबारे शिक्षित पार्दै सांसद

भक्तपुर, ३० जेठ। नयाँ संविधान र संसदीय गतिविधिबारे विद्यार्थीलाई शिक्षित पार्ने उद्देश्यसाथ बासु उमाविले आइतबार सांसदसँग साक्षात्कार कार्यक्रमको आयोजना गर्‍यो।  

कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवम् सांसद डिल्लीप्रसाद काफ्लेले देशको मूल कानुनबारे विद्यार्थी जानकार हुनु अत्यन्तै राम्रो भएको धारणा राख्नुभयो। उहाँले भूगोल र प्राकृतिक स्रोतसाधनको आधारमा राज्यको पुनःसंरचना गर्नु सबभन्दा उत्कृष्ट भएको भन्दै प्रत्येक प्रदेशमा हिमाल, पहाड र तराई हुनु जरुरी छ भन्नुभयो।  

उहाँले भारतसँगको खुला सीमा बन्द गरी सिमाना नियमित गर्नुपर्ने भन्दै जनसङ्ख्या र भूगोलको आधारमा निर्वाचन क्षेत्र निर्धारण हुनुपर्ने बिचार राख्नुभयो।  

बासु विद्यार्थी हित समितिको संयोजनमा भएको कार्यक्रममा विद्यालयका प्राचार्य अम्विका न्याइच्याइ, उपप्राचार्य लक्ष्मीभक्त लासिवा र विद्याथी हेमप्रसाद दाहालले पनि बोल्नुभएको थियो।