हस्ताक्षर गरेको सयको नयाँ नोट बजारमा
काठमाडौं, ३१ जेठ। नेपाल राष्ट्र बैङ्कले गर्भनर डा. चिरञ्जीवी नेपालले हस्ताक्षर नोट पहिलो पटक बजारमा ल्याएको छ।
राष्ट्र बैङ्कले सोमबारदेखि चलनचल्तीमा आउने गरी सय रुपैयाँको नोट बजारमा ल्याएको हो।
पहिलाकै आकार, प्रकार र रङमा सय रुपैयाँको नयाँ नोट बजारमा आएको छ।
सङ्केत नम्बर ए/८ ०००००१ देखि ओ/१७ ९९९९९९ सम्म 'नेपाल सरकारको जमानत प्राप्त यसको रुपैयाँ भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैङ्कबाट रुपैयाँ एक सय तुरुन्त पाइने छन्न भन्ने प्रतिज्ञामुलक वाक्यांशसहित नयाँ नोट चलनचल्तीमा ल्याएको राष्ट्र बैङ्कले जनाएको छ।
|