September 4, 2018

प्रमुख समाचार

Sad

asa

as

बाँकि समाचार
 

मलेसियामा ज्यान गुमाउने नेपालीमध्ये ७० प्रतिशतलाई हृदयघात

काठमाडौं, ३१ जेठ। मलेसियामा ज्यान गुमाएका नेपालीहरूमध्ये झण्डै ७० प्रतिशतलाई हृदयघात भएको पाइएको छ। 

गत वर्ष ४ सय ६१ जनाको मृत्यु भएको रिपोर्ट आएको नेपाली दूतावासले जनाएको छ। ७० प्रतिशतको मृत्युको कारण हृदयघात भएको नेपाली राजदूत डा. निरञ्जनमान सिंह बस्न्यातले बताए। 

उनका अनुसार लामो समयसम्म काम गर्ने, विशेष गरेर तातो घाममा काम गरेकाले हृदयघात हुने गरेको छ। 

३० प्रतिशतको मृत्यु भने कार्यक्षेत्रमा हुने दुर्घटना, अत्यधिक मदिरा सेवन र आत्महत्याका कारण हुने गरेको छ। 

राजदूत बस्न्यातका अनुसार सन् २००५ देखि अहिलेसम्म (१० वर्षमा) २ हजार ९४५ जना नेपाली कामदारको मृत्यु भएको छ। 

'नेपालीहरू विदेश आएर  कडा श्रम गर्छन्, आफ्नो स्वास्थ्यको ख्याल गर्दैनन्,' नेपाली राजदूत बस्न्यातले भनेका छन्। 

नेपालीहरूको मृत्युको अर्को कारण अत्यधिक मात्रामा मदिरा सेवन पनि रहेको छ। केहीले भने तनाव र मानसिक समस्याका कारण आत्महत्या गर्ने गरेका छन्। भनेको जस्तो पैसा कमाउन नसक्दा र विदेश जाने बेला लिएको ऋण तिर्न नसक्दा धेरै नेपाली मानसिक तनावमा पर्ने गरेको पाइएको छ। 

मलेसियामा ८ लाख नेपाली कामदार रहेको अनुमान छ।