नेमकिपा काठमाडौं जिल्लास्तरीय प्रशिक्षण
काठमाडौं, ३१ जेठ। नेपाल मजदुर किसान पार्टी काठमाडौं जिल्ला समितिको आयोजनामा काठमाडौं जिल्लास्तरीय कार्यकर्ता प्रशिक्षण आइतबार त्यौडस्थित जिल्ला कार्यालयको कक्षमा सम्पन्न भयो।
कार्यक्रममा पार्टीका केन्द्रीय सचिव सुनिल प्रजापतिले सङ्घीय राज्यमा पार्टीले खेल्नुपर्ने भूमिका र समसामयिक राजनीतिबारे प्रशिक्षण दिनुभएको थियो।
उहाँले कार्यकर्ताहरू सैद्धान्तिकरूपले सक्षम भई देश र जनताको हितमा लाग्नुपर्ने बताउनुभयो।
देश प्रदेशमा विभाजित भइसकेकोले सङ्गठनको संरचनामा त्यहीअनुरूप निर्माण गर्नुपर्ने सचिव प्रजापतिको भनाइ थियो।
नेमकिपा काठमाडौं जिल्ला समितिका अध्यक्ष नारायण महर्जनले जिल्लाको स्थितिबारे बोल्नुभएको थियो।
कार्यक्रममा केन्द्रीय सदस्य सनकमान महर्जन, जिल्ला समितिका राजवीर डंगोल,गुणदास महर्जन, हरिकुमार महर्जन, श्यामकुमार महर्जन, नरमान महर्जन, वीरवहादुर डंगोललगायतले बोल्नुभएको थियो।
|