September 4, 2018

प्रमुख समाचार

Sad

asa

as

बाँकि समाचार
 

सुन्दर पुस्तक सुन्दर व्यक्तित्व निर्माणमा सहयोगी

कवि तीर्थ श्रेष्ठ, पोखरा 

पुस्तक पढ्ने बानी कहिलेबाट विकास गर्नुभयो? 

बाल्यकालबाट नै ममा पुस्तक पढ्ने बानी थियो। 

पुस्तक किन पढ्नुहुन्छ? 

जानकारी, ज्ञान, अनुभुतिगत आनन्दका लागि पुस्तक पढ्ने गर्छु। 

तपाईको लागि पुस्तकको स्रोत के–के हुन्? पुस्तक पसल, पुस्तकालय, साथी? वा अरु नै केही? 

साथीभाइ, पुस्तक पसल, पुस्तकालय, कहिलेकाहीँ लेखक र प्रकाशकहरू। 

पुस्तक छान्न तपाईलाई के कुराले अभिप्रेरित गर्छ? 

चर्चा, साथीहरूको सिफारिस, विषयवस्तु। 

प्रायः कुन समयमा पुस्तक पढ्ने गर्नुहुन्छ? 

बिहान र राति। 

आजभोलि कुन पुस्तक पढ्दै हुनुहुन्छ? 

सर्वसा उपनिषद्। 

किन त्यो पुस्तक पढ्दै हुनुहुन्छ? 

आध्यात्मिक दृष्टिले उच्च कोटीको चिन्तन भएकोले। 

पुस्तकबारे कुनै रमाइलो अनुभव? 

कुनै समय म यति पढ्थे बिहान उठ्ने बेला ओच्छ्यानमा ५, ६ वटा पुस्तक हुन्थे र आकाशमा घाम झलमल्ल लागिसकेको हुन्थ्यो। 

नयाँ पुस्तकपे्रमीहरूलाई पुस्तक अध्ययनबारे के सल्लाह दिनुहुन्छ? 

सुन्दर पुस्तक सुन्दर व्यक्तित्व निर्माणमा सहयोगी हुन्छ। 

मनपर्ने केही पुस्तकहरू? 

महाभारत, मोदिआइन, मुना मदन र कथोपर्नीषद्। 

मनपर्ने पाँच कुनै पाँच लेखक? 

देवकोटा, बी. पी. कोइरला, पारिजात, माधव घिमिरे र भुपि शेरचन 

मनपर्ने विधाहरू? 

कविता, इतिहास, आध्यात्म र उपन्यास।