September 4, 2018

प्रमुख समाचार

Sad

asa

as

बाँकि समाचार
 

यस्तो छ भाजपाको नेपाल मिसन, हिन्दू राज्य बनाउन करोडौं लगानी

काठमाडौं। नेपालको संविधानमा असन्तुष्टि राखेको भारत सरकारको नेतृत्व गरिरहेको भारतीय जनता पार्टीले नेपालमा हिन्दू राज्यको अभियानका लागि नयाँ मिसनको तयारी गरेको छ। भारतको बटमलाइन नेपालको मधेस क्षेत्रको मागमात्र नभएर धर्म निरपेक्षता पनि संविधानबाट हटाउनुपर्ने नै हो। तर, धर्म निरपेक्षतालाई संविधानसभाले अनुमोदन गरेपछि नेपालमा वि्र्कश्चियनहरूको प्रभाव बढाउन पश्चिमाहरूको प्रवेश नेपालमा सहज हुने त्रासले भाजपाले पनि नयाँ मिसनको तयारी गरेको हो। 

हिन्दू राज्यको अभियानमा नेपालमा सवि्र्कय रहेका राप्रपा नेपाल, हिन्दू युवा सङ्घ, नेपाली काङ्ग्रेसका नेता खुमबहादुर खड्का खेमा लगायत अब गैर सरकार संस्था (एनजीओ) मार्फत पनि अभियान तीव्र हुन लागेको छ। यो अभियानका लागि भारतका हिन्दूवादी संस्था, बाबाहरूले आर्थिक सहयोग जुटाउनेछन्। खासगरी काली बाबाले नेपाल हिन्दू राज्य बनाउनका लागि भाजपाका नेताहरूलाई सहयोग गर्नेछन्। उता, नेपालमा रहेका धार्मिक आवरणका गुरु कमलनयानाचार्य, जगतगुरु बालसन्तलगायतको पनि सवि्र्कयता बढाइने भएको स्रोतले जनाएको छ। 

'नेपालमा पश्चिमा हस्तक्षेपलाई निस्तेज पार्नेमात्र होइन, भारतीय हैकमवादलाई हावी गराउनका लागि संविधान कुनै हालतमा संशोधन गरी हिन्दू राज्यका लागि बहुमत जुटाउने खेल निरन्तर चलिरहेको छ।', स्रोतले भन्यो,'हिन्दू राज्यका लागि भएका विभिन्न आन्दोलन र मागहरू यी केही होइनन् पुरै सिस्टम नै हिन्दू बनाउने मिशन तयार गरिएको छ।' 

स्रोतका अनुसार असार महिनादेखि यो वर्षका लागि कम्तीमा २१ करोड रुपैंयाँ युवाहरूको हिन्दू मिसनका लागि खर्च हुने भएको छ। हिन्दू राज्यको अभियानका लागि नेपालमा विभिन्न राजनीतिक दलहरू छाडेका युवाहरूको एनजीओ बनाएर त्यसमार्फत गाउँ गाउँमा कार्यक्रम लैजाने तयारी भएको छ। त्यसको योजना असार पहिलो साता भाजपाका नेपाल हेर्ने उपाध्यक्ष भगतसिंह कोसीयारीसँग विभिन्न तहमा छलफलको तयारी भएको छ। 

भाजपाको नीतिका विषयमा पार्टीकी उपाध्यक्ष रेणु देवीले नेपालको सार्वजनिक फोरममा दिएको अभिव्यक्तिले नै पुष्टि गरेको थियो। उनले नेपाल जातीय राज्य र धर्म निरपेक्षतामा गए भारतलाई मान्य नहुने संविधान जारी हुनुपूर्व नै बताएकी थिइन्। भाजपाको आधिकारिक लाइन नै नेपाल हिन्दू राज्य हुनुपर्ने रहेको उनको जिकीर विवादास्पद भएको थियो। तर, उनले तथ्यमा टेकेर उक्त अभिव्यक्ति दिएकी थिइन्। रेणुदेवीको अभिव्यक्तिका विषयमा नेपाली मिडियामा समाचार छ्यापछ्याप्ती आएपछि त्यसको औपचारिक खण्डनको रुपमा नेपालस्थित भारतीय दूतावासले विज्ञप्ति जारी गरेको थियो। 

यो अभियानमा भाजपाका विभिन्न तहका नेताहरूको सवि्र्कयता बढिरहेको छ। प्रचार विभागमा रहेका नेता विजय जोली, विहारका विधायक सुशीलकुमार जैसवाल, सन्दीप श्रीवास्तव, झारखण्डका विधायक शिवशंकर ओराओनलगायतका भाजपा नेताहरूले नेपालमा हिन्दूकरणका लागि दबाब दिइरहेका छन्। सरकार गिराउनेदेखि अस्थिर राजनीतिक अवस्था सृजना गरी संसदमा भारतीय दबाबमा रहेको बहुमत खडा गरी नेपाललाई हिन्दू राज्यका रुपमा स्थापित गराउन यिनीहरूको सवि्र्कयता रहेको छ। सन्दीप श्रीवास्तव त बारम्बार नेपालमा आएर यही अभियानमा सवि्र्कय रहेका छन्। सरकार गिराउनेदेखि भारतीय स्वार्थलाई नेपालको संविधानमा लिपिबद्ध गराउनेसम्मको खेलमा भाजपाका नेताहरू लागेका छन्, जनप्रहार साप्ताहिकमा खबर छ। 

हिन्दू राज्यको अभियानमा लाग्नका लागि राप्रपा नेपालका अध्यक्ष कमल थापालाई भारतीय पक्षले सुझाव दिएको थियो। पछिल्लो भारत भ्रमणको क्रममा पनि थापालाई संविधान संशोधनका पक्षमा उभिएर हिन्दू राज्यको वकालत गर्नका लागि दबाब भाजपाले दिएको छ। अर्कातिर नेपाली काङ्ग्रेसमा प्रभाव जमाउन थालेका नेता खुमबहादुर खड्कालाई पनि भाजपाले हिन्दू राज्यका लागि अभियान बलियो बनाउनका लागि लगानी र दबाब दिएको स्रोत बताउँछ। खड्काले त हिन्दू राज्यका लागि २/४ सय मान्छे मरे पनि अभियान नछाड्ने योजना बनाएका छन्।