ठूला तीन सडकको विस्तार सुरु
भक्तपुर, ३२ जेठ। डिभिजन सडक कार्यालय भक्तपुरले जिल्लाका तीन ठूला सडकको विस्तार थालनी गरेको छ।
कौशल्टार–बालकोट–बिरुवा सडक, विष्णु कुण्ड– सिद्धिकाली चोक– पुरानो बाटो थिमी सडक र बाखाहा बजारबाट हुलाक रोड हुँदै नगरपालिका कार्यालय– मिलरोड– मनोहरा खोलासम्मको सडक विस्तार सुरु गरिएको हो।
एक साताका अवधिमा तीन वटै सडकको विस्तारको शिलान्यास गरी काम सुरु गरिएको डिभिजन सडक कार्यालयका प्रमुख इ देवेन्द्र साहले जानकारी दिनुभयो।
कौशल्ाटारबाट बालकोट हँुदै बिरुवा जाने सडकमध्ये पहिलो चरणमा रु.तीन करोड ७९ लाख ७८ हजारको लागतमा कौशल्ाटारदेखि बालकोटसम्मको एक किमी सडक विस्तार गरिने भएको छ। त्यसपछि अर्को चरणमा बालकोट हँुदै सिरुटार बिरुवासम्म सडक विस्तार हुनेछ।
त्यसैगरी अरनिको राजमार्गस्थित थिमी चारदोबाटोबाट विष्णुकुण्ड– सिद्धिकाली चोक हँुदै पुरानो बाटो थिमी सडक विस्तार पनि सुरु भएको छ। रु. चार करोड नौ लाख ३९ हजार ३८६ को लागतमा डेढ किमी सडक विस्तार सुरु भएको प्रमुख साहले जानकारी दिनुभयो।
त्यसैगरी पुरानो ठिमी–बाखाहा बजारबाट हुलाक रोड हँुदै नगरपालिका कार्यालय– मिलरोड– मनोहरा खोलासम्मको पौने तीन किमी सडक पनि विस्तार सुरु गरिएको छ। रु. १० करोड ६१ लाख ६४ हजार ७१४ का लागतमा निर्माण सुरु भएको हो।
तीन वटै सडक आगामी दुई वर्षभित्र बनाइने सम्झौता भएको जानकारी दिंदै इ साहले सडक मापदण्डभित्र रहेका भौतिक संरचना भत्काएर विस्तार गरिने ती सडकमा दुवैतर्फ फुटपाथ, ढल, सात मि कालोपत्रे, निकास र ढलको व्यवस्था हुने बताउनुभयो। रासस
|