September 4, 2018

प्रमुख समाचार

Sad

asa

as

बाँकि समाचार
 

मोबाइल सेवाको गुणस्तरीयतामा जोड

काठमाडौं, ३२ जेठ। एसिया प्रशान्त क्षेत्रमा दूरसञ्चार सेवा (इन्टरनेट, मोबाइल, टेलिकमिनिकेसन) लाई एउटै मापदण्डमा सञ्चालन गर्न यस क्षेत्रका देशहरूले संयुक्त रुपमा सहकार्यलाई तीव्रता दिएका छन्।  
सोक्रममा एसिया प्यासिफिक टेलिकम्युनिटी (एपीटी)को तेस्रो बैठक आजदेखि यहाँ सुरु भएको छ। नेपालमा पहिलो पटक आयोजित सो बैठकमा यस क्षेत्रका ३८ देशका सूचना तथा सञ्चार, दूरसञ्चार प्रदायक संस्था एवम् प्रविधिसित सम्बन्धित निकायको सहभागिता छ। 
चारदिने सो बैठकले मुख्यतः यस क्षेत्रमा दूरसञ्चार सेवाका मापदण्डसम्बन्धी नीति तय गर्नेछ। सो नीति र प्रविधिलाई अन्तर्राष्ट्रिय टेलिकमिनिकेसन युनियन  
(आइटीयु)मा प्रस्तुत गरिने छ। संयुक्त राष्ट्र सङ्घअन्तर्गतको सो निकायले पारित गरेपछि सो नीति यस क्षेत्रमा लागू हुनेछ।  
यसले मुख्यतः मोबाइल सेवाको सिम र गुणस्तरीयता क्षेत्रमा देखिएका समस्यालाई सम्बोधन गर्नाका साथै इमेल/इन्टरनेटका सेवामा नयाँ फड्को मार्ने विश्वास गरिएको छ। हाल एक देशले विकसित गरेको सिम अर्का देशमा प्रयोग गर्दा केही प्राविधिक समस्या देखिने गरेको बताइन्छ।  
इमेल/इन्टरनेट सेवामार्फत हुने आपराधिक क्रियाकलाप नियन्त्रण गर्न समान मापदण्डले सहयोग गर्ने विश्वास गरिएको छ। साथै बैठकमा सूचना प्रविधिका क्षेत्रमा पछिल्ला दिनमा विकसित प्रविधि हस्तान्तरण तथा उपयोगका विषयमा पनि सहभागीका बीचमा छलफल हुनेछ। सहभागी देशले दूरसञ्चार प्रविधिका क्षेत्रमा अपनाइरहेका प्रविधिका बारेमा अनुभव आदानप्रदान हुनेछ।  
सूचना तथा सञ्चारमन्त्री शेरधन राईले सो बैठकको शुभारम्भ गर्दै सेवाग्राहीका चाहनाअनुरुप दूरसञ्चार सेवा सञ्चालन गर्न आवश्यक भएकामा जोड दिनुभयो। उहाँले नेपालजस्तो विकसित देशमा मोबाइल सेवाको गुणस्तरीयतामा सेवाग्राहीको गुनासो आउने गरेको बताउँदै यसलाई गुणस्तरीय प्रविधिको प्रयोगले मात्र सम्बोधन गर्नेे विश्वास व्यक्त गर्नुभयो।  
सरकारका प्रवक्ता राईले नेपाल सरकारले सहरी क्षेत्रमा दूरसञ्चार सेवाको पछिल्लो प्रविधि फोर जी र ग्रामीण क्षेत्रमा थि्र जी विस्तारमा जोड दिएको जानकारी दिंदै सामुदायिक विद्यालय र अस्पतालमा निःशुल्क इन्टरनेट सेवा क्रमशः पुर्‍याउन काम भइराखेको बताउनुभयो।  
कार्यक्रममा एपीटीका उपमहासचिव मासानोरी कोन्दोले दूरसञ्चार प्रदायक संस्था एउटै मापदण्डमा सञ्चालन हुँदा थप गुणस्तरीयता कायम हुने विश्वास व्यक्त गर्दै यसले प्रविधि हस्तान्तरणमा  सहयोग पुग्ने बताउनुभयो।