September 4, 2018

प्रमुख समाचार

Sad

asa

as

बाँकि समाचार
 

संसद्मा तीन विधेयक स्वीकृत

 

काठमाडौं, १ असार। व्यवस्थापिका–संसदले बुधबार न्याय क्षेत्रका विभिन्न तीन विधेयकलाई सैद्धान्तिक छलफल गरी स्वीकृत गरेको छ। 

कानुन न्याय तथा संसदीय मामिलामन्त्री अग्निप्रसाद खरेलले विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुभएको “केही नेपाल कानुनलाई संशोधन, एकीकरण, समायोजन र खारेज गर्ने विधेयक, २०७१” लाई सर्वसम्मतिले स्वीकृत गरेको हो।  

त्यस्तै, सदनमा बुधबार नै कानुनमन्त्री खरेलले “सर्वाेच्च अदालत (पहिलो संशोधन) विधेयक, २०७३ माथि विचार गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्नुभएको सो विधेयक बहुमतले पारित भएको सभामुख ओनसरी घर्तीले घोषणा गर्नुभयो।  

मन्त्री खरेलले “न्यायसेवा आयोग विधेयक, २०७३ माथि विचार गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्नुभएको अर्काे विधेयकमाथि भएको छलफलपश्चात् उक्त विधेयक पनि बहुमतले स्वीकृत भएको थियो। 

विधेयकमाथिको सैद्धान्तिक छलफलको क्रममा कानुनमन्त्री खरेलले बैठकमा उठेका प्रश्नको जवाफ दिएपछि ध्वनि मतका आधारमा उक्त विधयेकहरू स्वीकृत भएका हुन्।