September 4, 2018

प्रमुख समाचार

Sad

asa

as

बाँकि समाचार
 

विश्व रक्तदाता दिवसमा भरिया र चालकहरू सम्मानित

काठमाडौं, १ असार। नेपाल स्वयंसेवी रक्तदाता समाजको आयोजनामा १३ औं विश्व रक्तदाता दिवस मङ्गलबार सम्पन्न भयो।  

कार्यक्रममा स्वास्थ्य मन्त्रालयका सचिव डा. पद्मबहादुर चन्दले रक्तदानसम्बन्धी जनचेतना फैलाउनु आवशयक रहेको बताउनुभयो।  

समाजका अध्यक्ष प्रेमसागर कर्माचार्यले रगतको व्यवस्थापनमा राज्य पञ्छिंदै गएको हुँदा आवश्यक बेलामा रगत पाउन समस्या रहेको बताउनुभयो।  

रक्तदाताहरूले निःशुल्क रूपमा दिएको रगतमा पनि व्यापार बढ्न गएकोमा उहाँले चिन्ता व्यक्त गर्नुभयो।  

नेस्वरसका अध्यक्ष पे्रमसागर कर्माचायको सभापतित्वमा भएको कार्यक्रममा विश्व स्वास्थ्य सङ्गठनका प्रतिनिधि डा. प्रकाश घिमिरे, नेपाल रेडक्रसका केन्द्रीय महामन्त्री देवरत्न धाख्वा, राष्ट्रिय स्वास्थ्य प्रयोगशालाका प्रतिनिधि रूना झा, चालशोमियाका अध्यक्ष दुर्गा पाठक, डा. सुवास प्याकुरेल, गोपाल महर्जनलगायतले बोल्नुभएको थियो।  

कार्यक्रममा रक्तदानसम्बन्धी उत्प्रेरणा जगाउने भरिया, रिक्सा चालकहरूलाई सम्मान गर्नुका साथै 'हाम्रो रगत' स्मारिकाको विमोचन गरिएको थियो।