September 4, 2018

प्रमुख समाचार

Sad

asa

as

बाँकि समाचार
 

ब्राइट स्टारमा चेग्वे भारा जन्म दिवस

भक्तपुर, १ असार। ब्राइट स्टार इ. स्कूलमा चेग्वे भाराको ८८ औं जन्म दिवसको अवसरमा मङ्गलबार प्रवचन कार्यक्रम सम्पन्न भयो। विद्यार्थी हित समितिको आयोजनामा भएको उक्त कार्यक्रममा ने.क्रा.वि.सं.का केन्द्रीय अध्यक्ष नीरज लवजूले चेग्वे भाराको सङ्घर्षशील जीवनीको बारेमा बताउँदै विद्यार्थीहरूलाई अध्ययन संस्कृतिमा लाग्न प्रेरणा दिनुभयो। चेग्वेको सफलता उहाँको अध्ययन र देश दर्शनका साथै स्पष्ट वक्ताका कारण भएको जानकारी दिँदै उहाँले विश्व प्रसिद्ध पुस्तकहरूको नियमित अध्ययनमा जोड दिनुभयो। 

ने.क्रा.वि.सं.का केन्द्रीय सचिव अनिल फोंजुले चेग्वेजस्तो बन्न सहज नभएको र निरन्तर सङ्घर्ष गर्नुपर्ने कुरामा जोड दिनुभयो। वि.हि.स.का तर्फबाट कक्षा नै की छात्रा निर्जला प्रजापतिले चेग्वे भाराको जीवनी प्रस्तुत गर्नुभयो। उक्त कार्यक्रम विद्यालयका प्रिन्सिपल राजेन्द्र सुजखूको सभापतित्वमा सम्पन्न भएको थियो। 

कार्यक्रममा विद्यालयका शिक्षिका रविना लवजू र अमृत किजूले पनि बोल्नुभएको थियो।