|
सूर्यविनायकमा इलेक्ट्रोनिक्स हव
भक्तपुर, १ असार। भक्तपुरका विद्युतीय सेवाग्राहीहरूलाई सस्तो, सुलभ, भरपर्दो सामानहरू आवश्यकताअनुसार व्यवस्थित गर्न भक्तपुर विद्युतीय सामग्री व्यवसाय सङ्घले इलेक्ट्रोनिक्स हव बनाउने उद्देश्यअनुरुप सूर्यविनायक चोकमा छुटमा सुवाल इलेक्ट्रोनिक्स सञ्चालन गरेको छ। उक्त पसलको उद्घाटन सी.जी. कम्पनीका वरिष्ठ प्रबन्धक के.एन. झाले गर्नुभयो। सङ्घका अध्यक्ष श्यामप्रसाद मानन्धरले कार्य सफलताको कामना गर्नुभएको थियो।
|