नीलबाराही साकोसमा अचार बनाउने तालिम
मध्यपुर, १ असार। नीलबाराही सहकारी संस्थाले बोडेको ख्योचो टोलस्थित रथ पूजा भवनमा अचार बनाउने तालिम सम्पन्न गरेको छ। गत जेठ ३० देखि ३२ सम्म भएको सो तालिममा उद्घाटन संस्थाका उपाध्यक्ष सजीव श्रेष्ठले गर्नुभएको थियो। ने.म.कि.पा. जिल्ला सदस्य तथा संस्थाका सञ्चालक सदस्य केदार खड्काको सभापतिमा भएको उक्त कार्यक्रममा उहाँले विभिन्न ठाउँका महिलाहरूले विभिन्न सीपमूलक कार्य गरिरहेको कुरा बताउनुभयो।
प्रशिक्षक सरिता मुलेपतिले नारीहरू हरेक ठाउँमा सक्रिय हुनुपर्ने कुरा प्रकाश पार्नुभयो। कार्यक्रममा हरिकृष्ण भासिक र सुरेन्द्र था श्रेष्ठले पनि बोल्नुभएको थियो।
|