September 4, 2018

प्रमुख समाचार

Sad

asa

as

बाँकि समाचार
 

घरपालुवा पशुको गणना गरिने

काठमाडौं, १ असार। पशुपक्षी विकास मन्त्रालयले अगामी आ.व.को साउनदेखि देशभरका घरपालुवा पशुको गणना गर्ने भएको छ।  

मन्त्रालयका अनुसार गाई, गोरु, भैंसी, राँगा, भेडाबाख्राको तथ्याङ्क सङ्कलन गरी तिनको अभिलेख मन्त्रालयमा राखिने छ। जिल्ला पशु कार्यालयले एक वर्षभित्र सम्बन्धित जिल्लाको गणना गरी तथ्याङ्क सङ्कलन गरेर केन्द्रमा पठाउनुपर्ने छ।  

मन्त्रालयका सचिव डा.कृष्णचन्द्र पौडेलले नयाँ मन्त्रालय स्थापना भएपछि पशु विकासका लागि नीतिगत कार्यक्रम तयार गर्न गणना कार्यलाई अघि बढाइएको बताउनुभयो। पशु बिमालाई सशक्त रुपमा अगाडि बढाउन पशुको अभिलेख राख्न जरुरी भएको उहाँको भनाइ छ। मासु उत्पादनका लागि व्यावसायिक रुपमा विभिन्न उन्नत जातका खसी बोका तथा राँगापालन गर्न थालिएको छ। 

पशु पालनबाट मनग्य आयआर्जन गर्न सकिने भएकोले पछिल्लो समय व्यावसायिक रुपमा पशुपालन गर्ने प्रतिस्पर्धा बढेको छ। मुलुक अहिले कुखुरामा आत्मनिर्भर बन्दै गएको भए पनि खसीबोका तथा राँगालगायतको आयातमा वार्षिक करिब रु. १८ अर्ब खर्च हुने गरेको व्यवसायी बताउँछन्।  

पशुको विकासका लागि पशुसेवा विभाग, पशु स्वास्थ्य महाशाखा, केन्द्रीय पशु तालिम महाशाखा, पशु उत्पादन निर्देशनालयजस्ता कार्यालय स्थापना भएका छन्। नेपालको भैगोलिक क्षेत्र, वस्तुगत राष्ट्रिय मापदण्ड तथा गुणस्तरको आधारमा बोका, भेडाबाख्रा तथा राँगाको मासु, गाईभैसीको दूध, भेडाबाख्राको ऊन तथा मासुको मागअनुसार उत्पादन वृद्धि गर्न विभिन्न कार्यक्रम सञ्चालनमा रहेका बताइएको छ।