September 4, 2018

प्रमुख समाचार

Sad

asa

as

बाँकि समाचार
 

रेड युरिनबाट बाइस भैंसी मरे

बैतडी, १ असार। लामो समयको खडेरीले जिल्लामा जेठ महिनामा रेड युरिन रोगबाट २२ वटा भैंसी मरेका छन्।  

पाटन नगरपालिका, दुर्गास्थान, श्रीकोट र श्रीकेदार गाविसमा भैंसीमा सो रोग देखा परेको हो। भैंसीको गहुँतमा रगत देखा पर्ने, मुखबाट र्‍याल फाल्ने, शरीर फुल्ने, मलमुत्र बन्द हुनेलगायत लक्षण देखिने गरेको र रोग देखा परेको तीन/चार दिनमै मृत्यु हुने गरेको पाइएको छ।  

पाटन नगरपालिकामा मात्र जेठ महिनामा १० भैंसी मरेका स्थानीय मनोरथ भट्टराईले जानकारी दिनुभयो।  

पशु चिकित्सक आएर रोग परिक्षण गरी औषधि दिए पनि भैैसी निको नभएको श्रीकेदार गाविस– ९ का खेमराज भट्टले बताउनुभयो।  

खडेरी तथा उन्यू लगायतका घाँसको पालुवा खाएमा उक्त रोग देखापर्ने जिल्ला पशुसेवा कार्यालयका पशु विकास अधिकृत देवीदत्त भट्टले बताउनुभयो। “सुक्खाका कारण हरियो घाँस खान नपाएकाले भैंसीमा रोग देखापरेको हो,” उहाँले भन्नुभयो। रोगको समस्या देखिएमा नजिकको पशु स्वास्थ्य केन्द्रमा सम्पर्क राख्न भट्टले आग्रह गर्नुभयो।